अन्तर्राष्ट्रिय

प्रजातन्त्रदेखि निरंकुशतासम्म : कम्बोडियामा अर्को एकतर्फी निर्वाचन जित्ने बाटोमा हुन सेन

एजेन्सी फनोम पेन । विश्वमै सबैभन्दा लामो शासन सत्ता चलाएका नेताहरू मध्ये एक कम्बोडियाका प्रधानमन्त्री हुन सेन उल्लेख्य प्रतिस्पर्धा बिनाको अर्को निर्वाचन जित्ने बाटोमा छन् । यो निर्वाचनमार्फत उनले आफ्नो छोराका लागि सत्ताको पथ निर्माण गर्ने बताइएको छ । ७० वर्षीय हुन सेन सन् १९८५ देखि कम्बोडियाको सत्तामा छन् । उनीभन्दा धेरै समय क्यामरुन र इक्वेटोरियल गिनियाका शासकहरू मात्र सत्तामा रहेका छन् । दक्षिणपूर्वी एसियाली राष्ट्रका जनता आइतबार सातौँ आम निर्वाचनमा सहभागी हुँदैछन् । हप्तौँको चुनावी अभियान र विपक्षी दलका… पुरा पढौ

राहुल गान्धीलाई मानहानी मुद्दामा दोषी ठहर गर्न अदालतको अस्वीकार

एजेन्सी । भारतको सर्वोच्च अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन आदेश जारी गरेको हो । न्यायाधीश बीआर गवईको संयोजकत्वको इजलासले यस्तो सूचना जारी गरेको हो । नेता गान्धीको पुनरावेदनमाथि यही साउन १९ गते सुनुवाइ हुने छ । गुजरात उच्च न्यायालयले आफ्नो आदेशमा आपराधिक मानहानि मुद्दामा नेता गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको… पुरा पढौ

सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली

एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका नागरिक बिना भिसा १ सय ९२ देशमा जान सक्दछन् । दोस्रो स्थानमा जर्मनी, इटली र स्पेन रहेका छन् । पछिल्लो पाँच वर्षमा लगातार पहिलो स्थानमा रहँदै आएको जापान भने तेस्रोमा झरेको छ । तेस्रो स्थानमा जापानसँगै अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जम्बर्ग, दक्षिण कोरिया… पुरा पढौ

जोन्सन एण्ड जोन्सन पीडितलाई साढे दुई अर्ब क्षतिपूर्ति दिन अमेरिकी अदालतको आदेश

एजेन्सी । बहुराष्ट्रिय अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले एक ब्यक्तिलाई झण्डै साढे दुई अर्ब रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने भएको छ । क्यालिफोर्नियका २४ वर्षीय इमोरी हर्नान्डेज भलाडेजले जोन्सन एण्ड जोन्सनको बेबी पाउडर प्रयोग गरेका कारण आफूलाई क्यान्सर भएको भन्दै मुद्दा हालेकोमा क्यालिफोर्निया स्टेट कोर्टले मंगलबार उनको पक्षमा फैसला सुनाएको हो । फैसला अनुसार कम्पनीले उनलाई १ करोड ८८ लाख डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ । यस्तै, प्रकृतिका कैयौं मुद्दाहरु लडिरहेको जोन्सन एण्ड जोन्सन कम्पनीलाई मंगलबारको फैसलाले झड्का लागेको छ ।… पुरा पढौ

विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ

न्युयोर्क । अमेरिकाको नेब्रास्का राज्यको विन्साइड पब्लिक स्कुलकी एक विज्ञान शिक्षिकाको व्यभिचार कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ती शिक्षिकाले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन । ती शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ । ती शिक्षिकामाथि लगाइएको आरोप सत्य साबित भएको छ । अमेरिकाको यो प्रान्तको कानुन अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर ती शिक्षिका प्रहरी र कानुनको… पुरा पढौ

घुम्न बाँकी एउटै मुलुक नभएपछि जसले घोषणा गरे आफ्नै ‘देश’

‘म यसलाई सरल तरिकाले भन्न चाहन्छु। सबै मुलुक घुमेर सकिए। त्यही भएर मैले आफ्नै देश बनाएँ,’ स्लोजामस्तानका सुल्तान भनेर चिनिने सान डिएगोका स्लो जाम्स डीजे र्‍यान्डी विलियम्स भन्छन्। रेडियो प्रस्तोता विलियम्सले विश्वका हरेक मुलुक घुमेरै जीवन बिताए। राष्ट्रसंघले मान्यता दिएकामध्ये एक मुलुक मात्र घुम्न बाँकी हुँदा उनले क्यालिफोर्नियाको मरुभूमिमा ११.०७ एकड जमिन किने। त्यसैलाई उनले नयाँ मुलुक भन्न थाले। आफ्नो सबैभन्दा राम्रो सुट र चस्मा लगाएर स्लोजामस्तानका यी सुल्तानले १ डिसेम्बर २०२१ मा दिउँसो १२ः२६ बजे अमेरिकाबाट औपचारिक स्वतन्त्रताको घोषणा… पुरा पढौ

उत्पादनमा ‘नयाँ चीन’ बन्न खोज्दै भारत, तर विदेशी कम्पनीलाई व्यवसाय चलाउन छैन सहज

भारत धेरैले चासोका साथ हेरिरहेको अर्को मुख्य अर्थतन्त्र हो । यो वर्षको शुरुमा भारत चीनलाई उछिनेर विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश बन्यो । युवा जनसंख्या विश्वमै सबैभन्दा धेरै छ । चीन विगत ४० वर्षदेखि विश्वको कारखानाको रूपमा रहँदै आएको छ । कोरोना भाइरसको महामारीबीच चीनको कठोर कोभिड नीतिले गर्दा विश्वको आपूर्ति शृङ्खला नै चौपट बन्यो । यो घटनाले चीनमै थुप्रिएर बसेको उत्पादन बेसलाई विविधीकृत गर्नु पर्ने आवश्यकता कम्पनीहरूलाई महसुस भयो । चीनबाट उत्पादन बेस अन्यत्र सार्न खोज्ने कम्पनीका लागि… पुरा पढौ

अमेजन जङ्गलबाट ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान, कुकुरको सालिक बनाइने

बोगोटा । अमेजनको जङ्गलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ । यस उद्धार अभियानलाई अपरेसन होप नाम दिइएको थियो र यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई 'अर्डर अफ बोयाका' नामक अवार्ड दिइएको थियो। यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो। अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने– पदक त एउटा प्रतीक मात्र हो । वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको… पुरा पढौ

ज्याक माको नेपाल कनेक्सन : ५ वर्षअघि किनेका थिए ‘दराज’

चिनियाँ अर्बपति ज्याक मा नेपालमा आएसँगै उनको व्यवसायिक कनेक्सनलाई लिएर चासो बढेको छ। ज्याक मा संस्थापक रहेको अलिबाबा विश्वचर्चिचत कम्पनी हो। त्यही कम्पनीले नेपालमा पनि सपिङ अनलाइन कम्पनी दराज खरिद गरेको थियो। दराज सपिङ अनलाइन कम्पनी पाकिस्तानमा सन् २०१२ मा स्थापना भएको थियो। ई–कर्मश प्लाटफर्मका रुपमा स्थापित भएको दराज नेपालमा पनि बहुचर्चित छ। ५ वर्षअघि अलिबाबाले ई-कमर्श कम्पनी दराजलाई प्राप्ति गरेको थियो। तर अलिबाबा ग्रुपले खरिद गर्नुअघि दराज नेपाली बजारमा प्रवेश गरिसकेको थियो। हाल दराज पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, म्यानमार, नेपाल… पुरा पढौ

के प्रिगोजिन रुसमा सैन्य ‘कु’को प्रयासमा छन् ?

युक्रेनविरुद्ध १६ महिना पहिले सुरु गरेको रुसको ‘विशेष सैन्य अभियान’ अब निर्णायक मोडमा पुगेको छ । यो युद्ध अब त्यो ठाउँमा पुगेको छ, जहाँ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तालाई नै चुनौती बन्ने आशंका छ । राष्ट्रपति पुटिनले वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनमाथि सशस्त्र विद्रोह गरेर धोका दिएको आरोप लगाएका छन् । रुसका निकै महत्वपूर्ण व्यक्तिमध्ये एकमा पर्ने प्रिगोजिनले भने यो विद्रोह नभई न्यायका लागि सुरु गरेको मार्च भनेका छन् ।   रुसमा के भइरहेको छ ? युक्रेनविरुद्ध रुसले सुरु गरेको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com