अन्तर्राष्ट्रिय

१० दिनदेखि लगातार बाडुल्की लागेपछि ब्राजिलका राष्ट्रपति जयार बोलसोनारोलाई अस्पताल भर्ना

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई १० दिनदेखि लगातार बाडुल्की लागेका कारण अस्पताल भर्ना गरिएको छ । यसका लागि उनको आकस्मिक शल्यक्रिया गराउनुपर्ने सम्भावना भएको बताइएको छ । ब्राजिलको राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको हो । उनको आन्द्रामा केही बाधा भएको हो कि भनेर परीक्षण गर्नका लागि उनलाई साओ पाउलोको एक अस्पतालमा भर्ना गरिएको छ । बोलसोनारोले पनि यसबारे एउटा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म चाँडै निको भएर फर्किनेछु ।’ ६६ वर्षीय बोलसोनारोको स्वास्थ्यको विषयमा सन् २०१८ देखि नै… पुरा पढौ

साउदी युवराज सलमानप्रति यति नरम किन भए राष्ट्रपति बाइडेन ?

अमेरिकाका राष्ट्रपति बन्नुअघि जो बाइडेन पत्रकार जमाल खग्गोसीको हत्याको विषयमा साउदी अरबको भूमिकाको विषयमा निकै कडा थिए । यस्तो लाग्थ्यो कि उनी राष्ट्रपति बनेपछि पनि यो मामिलामा साउदी अरबको विषयमा कुनै पनि लचकता देखाउने छैनन् । राष्ट्रपतिको रुपमा उनले फेब्रुअरी महिनामा त्यो गोप्य रिपोर्ट जारी गर्न अनुमति दिएका थिए जसमा हत्याको मामिलामा साउदी अरबका युवराज मोहम्मद बिन–सलमानमाथि शंका गरिएको थियो । यद्यपि, युवराजले हत्यामा आफ्नो कुनै पनि भूमिका नभएको बताउँदै आएका छन् । तर राष्ट्रपति पद सम्हालेको ६ महिनाभन्दा पनि… पुरा पढौ

नेपाललाई जापानद्वारा १६ लाख डोज खोप उपलब्ध गराउने घाेषणा

काठमाडौं, असार २९ गते । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । नेपालस्थित जापानी दूतावासद्वार विज्ञप्ति मर्फत साे कुराकाे जानकारी गराइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशवासीका नाममा सम्बाेधन गर्नु हुँदै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएकाे छ । उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुनेछ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ… पुरा पढौ

भारतमा कोरोना संक्रमण फेरि फैलियो

एजेन्सी । भारतका केही राज्यहरुमा कोरोना महामरी पुन फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकस्मि प्रधानमन्त्री मोदीले महामारी फैलिएका ८ राज्यका मुख्यमन्त्रीहरुको बैठक आव्हान गर्नुभएको हो । पछिल्लो समय आसाम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, मणिपुर, मेघालय, अरुणांचल प्रदेश र मिजोरम जिल्लामा कोरोना संक्रमण दर उच्च हुँदै गएपछी मोदीले मुख्यमन्त्रीहरुसंग छलफल गर्न लाग्नुभएको हो । भारतका अधिकांश जिल्लाहरुमा कोरोना संक्रमण गति कम हुँदै गएको बेल पुर्वी जिल्लाहरुमा कोरोना महामारी फैलिएपछी चिन्ता थपिएको छ । भारतमा कोरोना संक्रमणको तेश्रो लहर ब्यापक हुने त्रास बढिरहेको… पुरा पढौ

सुपर मारियो ६४ को प्रतिलिपि लिलामीमा १५ लाख डलरभन्दा धेरैमा बिक्यो

असार २८, वाशिङ्टन डीसी (अमेरिका) । जापानी गेम निर्माता कम्पनी कम्पनी निन्टेन्डोको सुपर मारियो ६४ को नोखोलिएको प्रतिलिपि आइतवार एक लिलामीमा १५ लाख डलरभन्दा धेरैमा विक्री भएको छ । यो कुनै एउटा भिडियो गेमको लागि बोलकबोल गरिएको अहिलेसम्मकै कीर्तिमानी रकम भएको लिलामीकर्ता हेरिटेज अक्शन्सले बताएको हो । राम्रो अवस्थामा अहिले सो गेमको पाँचभन्दा कम प्रतिलिपि छन् । यसको विक्रीले दुई दिनअघि मात्रै निन्टेन्डोको द लेजेन्ड जेल्डाको नखोलिएको प्रतिलिपिले कायम गरेको कीर्तिमान तोडेको छ । शुक्रवार द लेजेन्ड जेल्डाको नखोलिएको प्रतिलिपि… पुरा पढौ

हङकङबाट युवा भित्र्याउन भिसा योजना विस्तार गर्दै बेलायत

मगेन्द्र राई,बेलायत, हङकङमा सरकारविरोधी प्रदर्शनमा संलग्न युवालाई आफ्नो देशमा बसोबासका लागि भिसा योजना विस्तार गर्न बेलायतका सांसदले गृह मन्त्रालयलाई आग्रह गरेका छन्। गृह मामिला समितिका सांसदले तयार पारेको एक प्रतिवेदनअनुसार वर्तमान बीएनओ भिसा परियोजनाले हङकङमा सरकारविरोधी प्रदर्शनमा सहभागी १८(२३ वर्षका युवालाई समेट्न सकिएको छैन। जसका कारण उनीहरूले बेलायत आउने अधिकारका लागि आवेदन दिन सक्दैनन्। सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरिएपछि बीएनओ पासपोर्ट दिन बन्द गरिएका कारण उनीहरू त्यसबाट वञ्चित भएका हुन्। हङकङमा सरकारविरुद्ध आन्दोलन उत्कर्षमा पुगेपछि बेइजिङले गत वर्ष… पुरा पढौ

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

चिनियाँ विदेशमन्त्री वाङ यीले यसैहप्ता मध्य एसियाका ३ देशमा भ्रमण गर्न लागेका छन्। उनको यस भ्रमणलाई विदेश नीतिका पर्यवेक्षकहरुले अफगानिस्तानमा अमेरिकाले छाडेको ‘शक्तिको रिक्तता’लाई पूर्ति गर्ने कार्यको रुपमा हेरेका छन्।यसहप्ता विदेशमन्त्री यी तुर्केमिनिस्तान, ताजकिस्तान र उज्बेकिस्तानको भ्रमणमा जानेछन्। यी देशहरु सांघाई सहयोग संगठन एससीओमा आवद्ध मूलुकहरु हुन्। एससीओमा यी तीन मूलुकसँगै चीन, काजकिस्तान र रुस पनि संलग्न छन्। चिनियाँ विदेशमन्त्रीले एससीओमा आवद्ध राष्ट्रका विदेशमन्त्रीसँग छलफल गर्नेछन्। सो क्रममा अफगानिस्तानसँग सम्पर्कको जिम्मा पाएको एससीओको समूहसँग पनि यीको वैठक हुनेछ। धेरै अमेरिकी… पुरा पढौ

पहिलो विधानसभा निर्वाचनका लागि कतार सरकारद्वारा पर्यवेक्षण समिति गठन

एजेन्सी । कतारले आफ्नो पहिलो विधानसभा निर्वाचनको पर्यवेक्षणका लागि एक समिति गठन गरेको आगामी अक्टोबरमा हुने विधान सभा निर्वाचनको निष्पक्षता अनुगमन गर्नका लागि समिति गठन गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ । दुई तिहाइ अथवा ४५ मध्ये ३० सदस्यीय सल्लाहकार काउन्सिलका लागि मतदान हुने कतार सरकारले जनाएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीले १५ जना काउन्सिल सदस्य नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको बताइएको छ । प्रधानमन्त्री शेख खालिद बिन खलिफा अल थानीको निर्देशनमा गठन भएको पर्यपेक्षण समितिको… पुरा पढौ

हाइटी : मारिएका राष्ट्रपतिकी श्रीमती पहिलो पटक बोलिन्, हमलाको विवरण दिइन्

हाइटीका राष्ट्रपति जोवेनेल मोइजकी घाइते श्रीमतीले राष्ट्रपतिमाथि हमला गरेर हत्या गरिएको घटनाबारे पहिलोपटक मुख खोलेकी छिन् । उक्त दुर्घटनामा राष्ट्रपतिकी श्रीमती गम्भीर रुपमा घाइते भएकी थिइन् । दिवंगत राष्ट्रपति मोइजकी श्रीमती मार्टिन मोइजले हमला यति तीब्र गतीमा भयो कि उनका श्रीमान् जोवेनेलले एक शब्दसमेत बोल्न नसकेको बताइन् । गत जुलाई ७ तारिखमा भाडामा लिएका २८ विदेशी सैनिकले राष्ट्रपति मोइजको हत्या गरेको बताइएको छ । हमलामा गम्भीर रुपमा घाइते भएकी राष्ट्रपतिकी श्रीमती मार्टीन मोइजलाई उपचारका लागि मायामी पुर्याइएको थियो । शनिबार… पुरा पढौ

बेलायतमा डेल्टा भेरिएन्ट फैलियो

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्ट तीब्र रुपले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यहाँ बिगत एक सातामा ३२ प्रतिशतले डेल्टा भेरियन्टमा वृद्धि भएको हो । बेलायतमा खोप अभियान द्रुत गतिले अघि बढीरहेकै बेला फैलिएको डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या बढेपनि मृतकको संख्यामा भने कमी आएको छ । बेलायती बैज्ञानिकहरुले हालै गरेको अनुसन्धानमा खोप लगाएका ब्यक्ति भन्दा खोप नलगाएका ब्यक्तिहरु डेल्टा भेरियन्टका कारण प्रभावित भएका छन् । बेलायतमा पछिल्लो २४ घण्टामा ५४ हजार २ सय… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com