अन्तर्राष्ट्रिय

जापानका पाँच शहरमा आपतकाल घोषणा

एजेन्सी । कोरोना संक्रमण दर बढ्दै गएपछि जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ । चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले एक ट्वीटमार्फत जानकारी गराएको छ । होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतका ठाउँमा संक्रमण नियन्त्रणमा राख्न सतर्कता उपाय कडाइका साथ लागू गर्ने जापान सरकारले जनाएको छ । टोकियो महानगर सरकारले गएको चौबीस घण्टामा तीन हजार ८ सय ६५ संक्रमित थपिएको जनाएको छ । जापानमा भने दश हजार ६ सय ९९ जनामा संक्रमण… पुरा पढौ

अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्ने अमेरिकी संस्थाको चेतावनी

एजेन्सी । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने चेतावनी दिएको छ । अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ । अहिले देखिएको समस्या समाधान नगरिए अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न सक्ने उक्त संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । अफगानिस्तान सरकारका सेना र वायु सेना, घट्दो राजश्व र बढ्दो हिंसा जस्ता धेरै विषयहरूलाई संकटको कारणको रुपमा उल्लेख गरिएको छ । अमेरिका र तालिबान समूहबीच सम्झौता भएपछि पनि तालिवानले हिंसा रोकेको छैन ।… पुरा पढौ

सर्वसाधारणले लकडाउन नटेरेपछि अस्ट्रेलियामा सेना परिचालन

एजेन्सी । अस्ट्रेलियामा कोरोना भाइरसको डेल्टा भेरियन्ट संक्रमितको संख्या बढ्दै गएपछि लागू गरिएको लकडाउनमा कडाइ गर्न सेना परिचालन गरिएको छ । अस्ट्रेलियाका सिड्नी लगायतका शहरहरूमा जारी लकडाउनमा सर्वसाधारणले बेवास्ता गरेपछि सेना परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् । डेल्टा भेरियन्टका कारण अस्ट्रेलियमा ३ हजार नागरिक संक्रमित भएपछि लकडाउन लागू गरिएको हो । विगत पाँच साता यता जारी… पुरा पढौ

चीनमा फेरी कोरोना संक्रमण फैलियो

एजेन्सी । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण वुहान सहरमा फैलिएको संक्रमण यताकै ठूलो भएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् । जुलाई २० मा चीनको नान्चिङ सहरको विमानस्थलमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । नान्चिङबाट आउने सबै उडानहरु अगष्ट ११ सम्मको लागि रद्द गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नान्चिङ सहरमा संक्रमण रोक्न नसकेको भन्दै सरकारको आलोचना भएसँगै सहरमा परीक्षण व्यापक बनाइएको छ । चिनियाँ समाचार संस्थाका… पुरा पढौ

हङकङमा नयाँ सुरक्षा कानून अन्तर्गत दिइयो सजाय

एजेन्सी । हङकङमा विवादास्पद नयाँ सुरक्षा कानून अन्तर्गत पहिलो व्यक्तिलाई सजाय दिइएको छ । हङकङका बासिन्दा टोङ यिङ–किटलाई बिरोध प्रर्दशनका क्रममा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ नारा लेखिएको झन्डा बोकेर प्रहरीमाझ मोटरसाइकल चलाएको आरोपमा उनलाई ९ बर्षको जेल सजायँ तोकिएको हो । विरोध प्रदर्शनमा झन्डा बोकेर पृथकतावादलाई समर्थन गरेको ठहर सहित १५ दिन सम्म चलेको मुद्दापछी उनलाई ९ बर्षको जेल सजायँ दिइएको हो । ती ब्यक्तिलाई सजाय दिएपछि अब हङकङमा बिबादकाास्पद राष्ट्रिय सुरक्षा कानुन कडाईका साथ लागु… पुरा पढौ

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा… पुरा पढौ

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, मिलेर अगाडि बढ्ने प्रतिवद्धता

भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । विदेशमन्त्री बनेपछि ब्लिन्केन पहिलो पटक दुई दिन भारत भ्रमणमा आउनुभएको हो । ब्लिन्केनले भारत सरकारसँगको अमेरिकी सम्बन्ध अझै बलियो बनाइने बताउनुभएको छ । ब्लिन्केन र जयशंकरबीचको भेटमा भारत र अमेरिकाका साथै दक्षिण एशियाली मुलुकहरुका बारेमा पनि छलफल भएको बीबीसी हिन्दीले जनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले भन्नुभएको छ, ‘एसिया–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धि हामी दुबैको लागि अफगानिस्तानमा स्थिरता जत्तिकै महत्त्वपूर्ण छ । क्वाडलाई आपसी… पुरा पढौ

टोकियो ओलम्पिक्ससम्बद्ध कोरोना संक्रमितको संख्या १५० नाघ्यो

साउन १२, टोकियो (जापान) । जापानको राजधानी टोकियोमा चलिरहेको ओलम्पिक्समा दिनहुँ कोरोना भाइरस संक्रमित फेला परिरहेका छन् । मंगलवार प्रतियोगिता सम्बद्ध थप सात जना व्यक्तिमा संक्रमण पुष्टि भएको आयोजक समितिले बताएको छ । आयोजकहरुका अनुसार विदेशबाट आएका खेलाडीसमेत सात जनाको कोरोना भाइरसको परीक्षणको नतिजा सकारात्मक आएको छ । योसँगै यही महीनाको शुरुमा टोकियो ओलम्पिक्स र पारालिम्पिक्स आयोजक समितिले प्रतियोगितासम्बद्ध संक्रमितको संख्या सार्वजनिक गर्न थालेयता कुल संक्रमित संख्या १५५ पुगेको छ । मंगलबार संक्रमण पुष्टि भएका दुई जनामध्ये एक खेलाडी डच… पुरा पढौ

भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१… पुरा पढौ

१० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बन्यो युट्युव

साउन १२, क्यालिफोर्निया । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बनेको छ । सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्टिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको हो। युट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ। नाइनटुफाइभ गूगल रिपोर्ट अनुसार सवैका माझ लोकप्रिय बनेको यो एप बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो । कोरोना महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com