अन्तर्राष्ट्रिय

३ ओटा कम्पनीमा टुक्रिदै तोशिबा

कात्तिक २८, टोकियो (जापान) । जापानी बहुराष्ट्रिय व्यापारिक घराना तोशिबा तीन ओटा छुट्टाछुट्टै व्यवसायमा विभाजित हुने भएको छ । कम्पनी पूर्वाधार, चिप र उपकरणमा केन्द्रीत हुने गरी छुट्टिन लागेको हो । सन् २०१५ मा लेखांकन घोटाला भएयता कम्पनीमाथि सक्रिय लगानीकर्ताहरुको दबाब बढिरहेको छ । पछिल्लो घोषणा अनुसार कम्पनीले आफ्ना दुई कोर व्यवसायहरु ऊर्जा र पूर्वाधारलाई छुट्टै कम्पनीको रुपमा स्थापित गर्नेछ । साथै उपकरण र स्टोरेज सञ्चालनलाई पनि छुटै कम्पनीको रुपमा दर्ता गर्नेछ । कम्पनीको पुनःसंरचना सन् २०२३ को दोस्रो अर्धवार्षिक… पुरा पढौ

युरोप बन्यो कोरोनाको इपिसेन्टर, नेदरल्यान्डमा आंशिक लकडाउन

युरोपेली देशहरुमा कोरोनाको तेस्रो लहरका कारण संक्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । पुरै युरोपमा पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ६ सय ६२ जना संक्रमित भएका छन् । पछिल्लो साता यहाँ कुल २० लाख जना कोरोनाबाट संक्रमित भए । स्थिति बिग्रिएपछि नेदरल्यान्डले शनिबार बेलुकीदेखि तीन हप्ताका लागि लकडाउन गर्ने फैसला लिएको छ । यस अवधिमा रेस्टुरेन्ट र अत्यावश्यकबाहेकका अन्य पसल बन्द रहनेछन् । त्यस्तै, खेलकुद हेर्नका लागि दर्शकले रंगशाला छिर्न पाउने छैनन् । नेदरल्यान्डमा पछिल्ला २४ घण्टामा कोरोना… पुरा पढौ

विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला

नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो । मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दुवैले परिवारको… पुरा पढौ

तीन ओटा कम्पनीमा टुक्रिदैं जीई

न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय कम्पनी जनरल इलेक्ट्रिक (जीई) तीन ओटा फरक एकाईमा टुक्रिने भएको छ । उड्ययन, स्वास्थ्य हेरचाह र ऊर्जामा केन्द्रीत हुनका लागि जीई तीन ओटा छुट्टाछुट्टै कम्पनीमा विभाजित हुन लागेको हो । वर्षौंसम्म कम्पनीको शेयरले राम्रो प्रर्दशन गर्न नसकिरहेकै समयमा यस्तो कदम चालिएको हो । सन् २०२३ को शुरुसम्ममा स्वास्थ्य उपचार एकाईलाई छुट्टै कम्पनीका रुपमा स्थापित गर्ने योजना जीईले बनाएको एक विज्ञप्तिमा कम्पनीले मंगलवार भनेको छ । ऊर्जा एकाईलाई पनि सन् २०२४ को शुरु तिरसम्म छुट्टै कम्पनीका… पुरा पढौ

कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की : ८९ % प्रभावकारी

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की ८९ प्रतिशत प्रभावकारी भएको बताएको छ । कोरोनाका संक्रमितका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको पनि उसले उल्लेख गरेको छ। उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म दिनहुँ तीन ओटा चक्की सेवन गर्नुपर्ने हुन्छ। फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदनसमेत दिइसकेको… पुरा पढौ

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

लण्डन, कात्तिक १२ गते । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ । उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ । लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सङ्गै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ… पुरा पढौ

जापानकी राजकुमारीले गरिन् प्रेम विवाह, गुम्यो पदवी

एजेन्सी । राजकीय हैसियत त्याग गरेर जापानकी राजकुमारीले आफ्नो प्रेमीसँग विवाह गरेकी छन् । जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी हुन् । सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ । कोमुरो र माकोले कलेजमासँगै पढेका थिए । जापानको कानूनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन । राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन् । राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि… पुरा पढौ

कोरोनाबाट बेलायतमा एकैदिन करिब ५० हजार जना सङ्क्रमित

बेलायतमा कोरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् । यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै संख्यामा सङ्क्रमित भेटिएका बताइएको छ । बुधबार यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएपछि बेलायतका अधिकारीहरुले यहाँ कोरोना सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार पनि यहाँ ४९ हजार जना संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । यहाँ देखिएको यो संख्या महिनौँपछिको सबैभन्दा धेरै हो ।… पुरा पढौ

चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ । चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् ।… पुरा पढौ

जो बाइडेनको उद्धार गर्ने दोभासे अफगानिस्तानबाट निस्किए

सन् २००८ मा हावाहुरीका कारण तत्कालीन अमेरिकी सिनेटर जो बाइडेनसहितको टोली चढेको हेलिकोप्टर एउटा हिउँको उपत्यकामा जबर्जस्ती ल्यान्ड गर्न बाध्य भएको थियो । यस इलाकामा राखिएको एम्बुसमा अमेरिकी टोली पर्न सक्ने खतरा थियो । बाइेडन अहिले अमेरिकाको राष्ट्रपति भइसकेका छन् । तर, तत्कालीन समय बाइडेनको परिवारसहितको टोलीलाई उद्धार गर्ने एक दोभासे अफगानिस्तानमा तालिबानी शासन फर्किएपछि खतरापूर्ण जीवन बाँच्न बाध्य थिए । उद्धारकर्ता अमल खलिली अहिले भने अफगानिस्तानबाट निस्किएका छन् । अगस्टयता उनले देश छाड्न चाहेको भन्दै अमेरिकामा भिसाको आवेदन दिएका… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com