अन्तर्राष्ट्रिय

चिसोका कारण दिल्लीका विद्यालयमा जाडो बिदा लम्बियो

दिल्लीको स्थानीय सरकारले चिसो मौसमका कारण प्राथमिक तहसम्मका कक्षाहरूका लागि भारतको राजधानी क्षेत्रका विद्यालयहरूको जाडो बिदा जनवरी १२ सम्म बढाएको छ । नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि चिसो मौसमका कारण दिल्लीका विद्यालयहरूले आगामी ४ दिनका लागि बिदा बढाएका हुन् । यस सम्बन्धमा आइतबार दिल्ली सरकारबाट औपचारिक आदेश पनि जारी गरिएको छ । दिल्ली लगायत उत्तर भारतका धेरै राज्यमा शितलहर चलिरहेको छ । पुरा पढौ

अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब

‌ओरेगन । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ । हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो । स्थानीय समय अनुसार शनिबार बिहान यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ । ‘पोर्टल्याण्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२… पुरा पढौ

छोरीलाई उत्तराधिकारी बनाउन खोजिरहेका छन् किम जोन उन

उत्तर कोरियाली शासक किम जो उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदै मुलुकको नेतृत्व गर्नका निम्ति उनलाई तयार गराइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् । क्षेप्यास्त्र परीक्षणका साथै सैन्य परेड समारोहमा उनलाई महत्व दिँदै सरिक गराइनुले किमले आफ्नी कान्छी छोरी किम जो ऐलाई उत्तराधिकारी रुपमा तयार गरिरहेको आकलन छ । दक्षिण कोरियाली जासुसी संयन्त्रले पहिलोपटक किमले छोरीलाई उत्तराधिकारीका रुपमा तयार गरिरहेको सुचना ल्याएको हो । दक्षिण कोरियाली राष्ट्रिय जासुसी संयन्त्रको भनाइ उद्दृत गर्दै बीबीसीले लेखेको छ, ‘सार्वजनिक समारोहमा कान्छी छोरीलाई… पुरा पढौ

सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने

संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक वृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ । संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्यून उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त… पुरा पढौ

सन् २०२३ लाई फर्केर हेर्दा

एजेन्सी । अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गर्यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ । अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड यो बर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले र कम्पनीहरूले… पुरा पढौ

अमेरिकाले युक्रेनलाई थप २५ करोड डलर बराबरको सैन्य सहयता दिने

वासिङ्टन । ह्वाइट हाउसले युक्रेनका लागि २५ करोड अमेरिकी डलर बराबारको सैन्य सहायतालाई मन्जुरी दिएको छ । यसमा हवाई सुरक्षा, आर्टिलरी र साना हतियारका गोलीगट्ठा र एन्टी–ट्याङ्क हतियारहरू रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाको संसद्ले अनुमति दिनुअघिको यो अन्तिम सैन्य सहायता हो । हाल यस विषयमा छलफलमा गतिरोध देखिएको छ । यसअघि युक्रेनले थप सैन्य सहायता नपाए युद्धमा आफ्नो प्रयास जोखिममा रहेको बताउँदै आएको थियो । अमेरिका र युरोपबाट थप सैन्य सहायतामा ढिलाइ हुँदा पूर्वमा युक्रेनको जवाफी कारबाही… पुरा पढौ

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने विपक्षीको प्रयास असफल

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत… पुरा पढौ

राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने

कांग्रेस आईका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका छन् । यो यात्रा १४ जनवरीबाट सुरु हुनेछ र २० मार्चसम्म जारी रहनेछ। कांग्रेस महासचिव केसी वेणुगोपालले बुधबार पत्रकार सम्मेलन गरेर यो भ्रमणको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘डिसेम्बर २१ मा, कांग्रेस कार्यकारिणी समितिले राहुल गान्धीले पूर्वदेखि पश्चिमसम्म यात्रा गर्नु पर्छ भन्ने राय दिएको थियो। राहुल गान्धीले पनि कांग्रेस कार्यसमितिको राय स्वीकार्दै यात्रा गर्न राजी भए। अखिल भारतीय कांग्रेस कमिटीले जनवरी १४ देखि मार्च २०… पुरा पढौ

एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने

दुबई । एयर अरेबियाले बुधबार काबुलका लागि दैनिक उडान गर्ने घोषणा गरेको छ र यो अफगानिस्तानको राजधानी काबुलमा सेवा प्रदान गर्ने संयुक्त अरब इमिरेट्स (युएई) को दोस्रो एयरलाइन बनेको छ । शारजाहस्थित बजेट क्यारियरले जनवरी १० देखि दिनको एक पटक काबुलबाट लगातार उडान भर्नेछ । समूहका प्रमुख कार्यकारी अधिकृत अदेल अल अलीले भने,'यो सेवाले यात्रुहरूलाई मूल्यमा आधारित र किफायती हवाई यात्राका साथै अन्वेषण गर्न नयाँ गन्तव्यहरू प्रदान गर्नको लागी हाम्रो निरन्तर समर्पणको प्रमाण हो ।' सन् २०२१ मा अमेरिकी सेना… पुरा पढौ

अस्ट्रेलियामा आँधीबेहरीका कारण हजारौँ बासिन्दा बिजुलीविहीन

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौँ बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ । क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत् कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कुल १२० पावरलाइनहरू अवरुद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन् । लोगान र ब्रिसबेनका केही भागहरूमा क्रिसमसको दिन कम्तीमा मध्याह्नसम्म बिजुली विहीन हुनसक्ने र अधिकारीहरूले बासिन्दाहरूलाई ब्याक–अप योजनाको बारेमा सोच्न निर्देशन दिएका छन् ।… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com