अन्तर्राष्ट्रिय

छोरालाई जन्म दिएका ट्रान्स्जेन्डर पुरुष भन्छन् – बच्चाको आमा भनेर बोलाउँदा मन पिरोल्छ

लस एन्जलस : अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई जन्म दिएका छन् । ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् । रिपोर्टकाअनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् । करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने हर्मोनहरु परिवर्तन गराए । तर, मातृसुख लिन चाहेका विलियमले लिंग भने परिवर्तन गराएका थिएनन् । तिनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ मा मलिक नामक पुरुषसँग प्रेम सम्बन्धमा गाँसिए । लामो… पुरा पढौ

दिल्लीमा कोभिड सङ्क्रमण दर बढेसँगै सावधानी अपनाउन आग्रह

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ । यद्यपि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् । कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको छ । लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार ‘ऐलो अलर्ट’ को सूचना जारी गरिएको मुख्यमन्त्री केजरीवालले बताए । दिल्लीमा… पुरा पढौ

बीजेपी मेयरलाई आम आदमीले हरायो, पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी

भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । ​चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धेरै सिट जित्ने पार्टी बनेको छ । आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ । त्यहाँ बीजेपीले १२ र काँग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ । ​चन्डीगढमा बीजेपीका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन् । उनलाई आपका उम्मेदवारले पराजित गरे । आम आदमी पहिलो पटक चन्डीगढमा चुनावी… पुरा पढौ

यात्रुबाहक कार उत्पादनमा विदेशी लगानी सीमा हटाउँदै चीन

पेचिङ (चीन) । चीनले यात्रुबाहक कार उत्पादनमा पूर्ण विदेशी स्वामित्व दिने भएको छ । सन् २०२२ को जनवरी १ देखि सो क्षेत्रमा पूर्ण विदेशी स्वामित्वका लागि अनुमति दिने सोमवार वाणिज्य मन्त्रालय तथा राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विदेशी लगानी प्रतिबन्ध लगाइएका उद्योगहरुसम्बन्धी नियमित विज्ञप्तिमा भनिएको हो । पछिल्लो विज्ञप्तिमा यात्रुबाहक कार म्यानुफयाक्चरिङलाई समावेश गरिएको छैन । सन् २०२० को संस्करणमा सन् २०२२ देखि यो परिवर्तन गरिने बाचा गरिएको थियो । चीनले घरेलु अटो क्षेत्रमा विदेशी स्वामित्वमाथिको सीमा क्रमशः… पुरा पढौ

क्रिसमसका दिन ४ हजार ५०० उडान रद्ध

विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो । त्यसैगरी अरु हजारौं उडानमा ढिलाइ पनि भएको उडानसम्बन्धी सूचना प्रवाह गर्ने वेभसाइट फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ । उडान रद्ध तथा ढिलाई हुँदा… पुरा पढौ

गूगलभन्दा लोकप्रिय अनलाइन साइट बन्यो टिकटक

लन्डन । अमेरिकी सर्च इञ्जिन गूगललाई उछिनेर पहिलो स्थानमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक आएको छ । सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक बनेको बताएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकको गूगलको भन्दा बढी अनलाइनमा खोजी हुने गरेको छ । अर्थात् प्रयोगकर्ताहरू गुगलमाभन्दा धेरै टिकटकमा व्यस्त हुन थालेको पनि उसले बताएको छ । इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महीनामा टिकटकले… पुरा पढौ

फाइजरले बनाएको कोरोनाविरुद्धको ट्याब्लेटले पायो स्वीकृति

न्यूयोर्क (अमेरिका) । अमेरिकी औषधी निर्माता कम्पनी फाइजरले विकास गरेको कोभिड विरुद्धको प्याक्सलोभिड नामक खानेचक्की(पिल) ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बुधवारउक्त कम्पनीले विकास गरेको कोभिड पिललाई अनुमति दिएको अन्तरराष्ट्रिय समाचार माध्यमले समाचार प्रकाशित गरेका छन् । एफडीएले कोभिड संक्रमित भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो । त्यस्तै शुरुमै अस्पताल जानु पर्ने लक्षण देखिने कोभिड संक्रमितले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् ।… पुरा पढौ

महँगो सम्बन्धविच्छेद : कान्छी पत्नीलाई दुबईका शासकले ८० अर्ब रुपैयाँ दिनुपर्ने

दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ । तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ । यसलाई बेलायती कानुनी इतिहासमा तलाक(सम्बन्धविच्छेद)को सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ । बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको… पुरा पढौ

एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

अमेरिकाको चार पाङ्ग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् । टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाई आएको थियो । उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए । यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले… पुरा पढौ

सम्पत्ति फुकुवाको माग गर्दै बन्द अमेरिकी दूतावास अगाडि अफगानि नागरिकको प्रदर्शन

एजेन्सी । अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न माग गर्दै सयौं प्रदर्शनकारीले बन्द गरिएको काबुलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासअगाडि प्रर्दशन गरेका छन् । हामीलाई खान दिनुहोस, हामीलाई जम्मा गरिएको पैसा दिनुहोस, लेखिएको ब्यानरहरू बोकेर प्रदर्शनकारीहरूले नारा लगाएका थिए । जुलुसलाई सत्तारूढ तालिबानले सुरक्षा प्रदान गरेको थियो । दातृ निकायले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता रोकेका छन् । तालिवान सत्तामा आएपछि अफगानिस्तानको अरबौं डलरको सम्पत्तिमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । पहिलेदेखि नै समस्याग्रस्त अर्थतन्त्रलाई प्रतिबन्धले थप थिलोथिलो पारेको छ । यसले… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com