अन्तर्राष्ट्रिय

जर्मनी गहिरो मन्दीतर्फ : आईएमएफ

फ्र्याङ्कफर्ट । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ । उसले जुलाईमा शून्य दशमलव तीन प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी यस वर्ष… पुरा पढौ

इजरायलमा १० जना नेपालीको मृत्यु (नामावली)

काठमाडौं । प्यालेस्टायनीको आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी छन् । इजरायलमा पढ्न… पुरा पढौ

दिल्लीमा घोषणा भएको नयाँ करिडोरले बीआरआईलाई प्रतिस्थापन गर्ला ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक रेडियो अन्तर्वार्तामा जी-२० सम्मेलनको साइडलाइन वार्तामा नयाँ कोरिडोरको प्रस्ताव गरेको खुलासा गरेका छन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘आगामी शताब्दीको विश्वव्यापारको ढुवानीका लागि नयाँ कोरिडोर दिल्ली आधारित हुनेछ ।’ युरोपलाई एशियासँग रेल र अन्य ढुवानी सञ्जालबाट जोड्न यो परियोजना प्रस्ताव गरिएको हो । यो परियोजना चीनको बीआरआईको काउन्टर रहेको विज्ञहरु बताउँछन् । फरेन पोलिसी म्यागेजिनका सम्पादक रवि अग्रवालले भनेका छन्, ‘साइडलाइन वार्तामा अघि सारिएको यो प्रस्ताव चीनको परियोजनाको विकल्पमा अमेरिकी स्वार्थ पूर्तिका लागि हो।’ यस… पुरा पढौ

माल्दिभ्समा चीन समर्थक उम्मेदवार मुइज्जु राष्ट्रपति पदमा विजयी

माले (माल्दिभ्स) । माल्दिभ्समा भएको राष्ट्रपति निर्वाचनमा चीन समर्थक उम्मेदवार मोहम्मद मुइज्जु राष्ट्रपति पदमा विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले माल्दिभियन डेमोक्रेटिक पार्टीका उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका हुन् । मुइज्जोउले ५४ प्रतिशत मत प्राप्त गरे । सोलिह हाल माल्दिभ्सका राष्ट्रपति छन् । उनले नोभेम्बर १७ (नवनिर्वाचित राष्ट्रपतिले शपथ नलिँदा)सम्म कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन् । को हुन् मोहम्मद मुइज्जु ? सन् १९७८ मा जन्मेका मोहम्मद मुइज्जुले युकेको लीड्स… पुरा पढौ

अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा सुरु

अमेरिका । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो । सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एकअर्काबाट सिक्न सहज हुने, अन्तरसञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन् । संयुक्त युद्ध अभ्यास यही असोज २१… पुरा पढौ

एयरबसबाट बत्तीस विमान किन्दै क्याथे प्यासिफिक

पेरिस । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए ३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान खरिद गर्न लागेको हो । विमान खरिद गर्न भएको व्यावसायिक कारोबारको वास्तविक विवरण सार्वजनिक गरिएको छैन तर ती विमानको हालको बजार मूल्यका आधारमा तीन अर्ब २० करोड देखि चार अर्ब १० करोड अमेरिकी डलरसम्ममा सम्झौता भएको अनुमान गरिएको छ । एयरबसले आफ्ना सिङ्गल–आइल ए ३२०… पुरा पढौ

रहेनन् ह्यारी पोटरमा डम्बलडोरको भूमिका निर्वाह गरेका अभिनेता सर माइकल

विश्व प्रसिद्ध श्रृंखला ह्यारी पोटरमा अल्बस डम्बलडोरको भूमिका निर्वाह गरेका अभिनेता सर माइकल ग्याम्बोनको निधन भएको छ। उनको परिवारले दिएको जानकारीअनुसार ८२ वर्षको उमेरमा उनको निधन भएको हो। अस्पताल भर्ना गरिएका उनलाई निमोनिया भएको उनका श्रीमती र छोराले बताएका छन्। उनी फ्यान्टास्टिक मिस्टर फक्समा पनि देखा परेका थिए। उनले रोयल नेसनल थिएटरमा आफ्नो क्यारियर सुरु गरे र शेक्सपियरका धेरै नाटकमा खेले। सन् १९९८ मा मनोरन्जनको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सरको उपाधि प्रदान गरिएको थियो। बीबीसी पुरा पढौ

‘निज्जर हत्याको गोप्य जानकारी अमेरिकाले क्यानडालाई दिएको थियो’

न्यूयोर्क । अमेरिकाको न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकाले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्याको बारेमा क्यानडालाई गुप्तचर जानकारी दिएको थियो । न्यूयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै क्यानडाले कसैको कुराकानी सुनेपछि निज्जरको हत्यामा भारतको 'सम्भावित' भूमिका बलियो बनेको दाबी गरेको छ। शनिबार क्यानाडामा रहेका अमेरिकी शीर्ष कूटनीतिज्ञले फाइभ आइज सहयोगीहरू (अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्ड) बीच साझा गरिएको गोप्य जानकारीले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई भारतविरुद्ध आक्रामक आरोप लगाउन बाध्य पारेको पुष्टि गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सोमबार क्यानडाको… पुरा पढौ

भारतको क्यानडा र चीनको जर्मनीसँग कूटनीतिक तनाव उत्कर्षमा

भारत र क्यानडाबीच कूटनीतिक तनाव चर्किएको छ। एक जना क्यानडेली सिख नेताको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएपछि यो तनाव उत्कर्षमा पुगेको हो। ट्रुडोले भारतमा अलग सिख राज्यको वकालत गरिरहेका हरदीप सिङ निज्जरको हत्यामा भारतको राज्य संलग्न रहेको हुनसक्ने जानकारी संसदलाई गराएका थिए। उनको हत्या १८ जुनमा भएको थियो। क्यानडेली भूमिमा क्यानडेली नागरिकको हत्या अस्वीकार्य रहेको उनको भनाइ थियो। विदेशमन्त्री मेलेनी जोलीले भारतीय कूटनीतिज्ञ पवन कुमारलाई देश निकाला गर्ने घोषणा पनि गरिन्। लगत्तै भारतले ट्रुडोको आरोप… पुरा पढौ

ताइवानले एलन मस्कलाई किन भन्यो ‘यो बिकाऊ होइन’ ?

ताइवानले एलन मस्कको एउटा बयानमा आपत्ति जताउँदै जवाफ फर्काएको छ । एलनले ताइवानलाई चीनको हिस्सा बताएपछि यसको जवाफ दिइएको छ । अर्बपति व्यापारी मस्कको यो बयानपछि ताइवानले ताइवान बिकाऊ नभएको बताएको छ । ताइवानका विदेश मन्त्री जोसेफ वुले एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्समा भने, ‘सुन्नुहोस् त, ताइवान चीनको हिस्सा होइन र निश्चित रूपमा यो बिकाऊ पनि होइन ।’ यसै हप्ता एक व्यापारिक सम्मेलनमा एलन मस्कले ताइवानलाई हवाईसँग तुलना गर्दै यसलाई चीनको ‘अभिन्न अङ्ग’ बताएका थिए । चीनले ताइवान आफ्नो… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com