अन्तर्राष्ट्रिय

चर्को आलोचना र घेराबन्दीपछि बोरिस जोनसनको राजीनामा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएका छन्। बिहीबार देशका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।आफ्नो सम्बोधनको शुरुवातमा जोनसनले नयाँ नेता चुनिने प्रक्रिया अब सुरु हुने बताए। यसको प्रक्रिया आगामी साता सुरु हुनेछ। जोनसनले राजीनामा दिँदै नयाँ नेता नआउन्जेल आफू पदमै रहिरहने पनि बताएका छन्। 'हामीले बेलायनको हर क्षेत्रको क्षमता उजागर र प्रोत्साहित गर्नु जरुरी छ', उनले भने, 'यदि बेलायत यस्तो गर्न सक्षम भएमा पूरै यूरोपमा सबैभन्दा समृद्ध देश हुनेछ।' श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट… पुरा पढौ

चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक शहर सियानमा एक महिना लामो लकडाउन गरिएको थियो । कोभिडको ओमिक्रोन सव भेरियन्टबाट जोगिन लकडाउन गरिएको चीन सरकारले जनाएको छ । यो भेरियन्ट यसअघि अमेरिका… पुरा पढौ

एकनाथ शिन्दे : अटोरिक्सा चालकदेखि महाराष्ट्रको मुख्यमन्त्रीसम्म

शिवसेनाबाट विद्रोह गरेका एकनाथ सिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतले विश्वासको मत लिनुपर्ने फैसला गरेपछि मुख्यमन्त्री उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । ठाकरेको राजिनामापछि सबैको नजर शिन्देको आगामी कदममा नजर थियो । राजनीतिक विश्लेषकहरुले सिन्देको समर्थनमा महाराष्ट्रका पूर्व मुख्यमन्त्री र भाजपा नेता देवेन्द्र फडणवीस पुनः मुख्यमन्त्री बन्ने चर्चा आंकलन गरेका थिए । तर अनुमानविपरित फडणवीसले आफैले महाराष्ट्रको आगामी मुख्यमन्त्रीका रुपमा एकनाथ शिन्देको नाम घोषणा गरे । सिन्दे र फडणवीसले महाराष्ट्रका गर्भनर भगत… पुरा पढौ

जनताले तेल पाउन महीनौ लाग्नसक्ने घोषणा गरेलगत्तै श्रीलंकाले बढायो भाउ, पेट्रोल लिटरकै ५५० रुपी

कोलम्बो (श्रीलंका) । श्रीलंकाले इन्धनको भाउ बढाएको छ । सरकारसँग वार्ताका लागि अमेरिकी अधिकारीहरू आएकै समयमा सरकारले इन्धन मूल्यवृद्धिको घोषणा गरेको हो । सरकारी तेल कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशन (CPC)ले आइतवार डिजेलको भाउ १५ प्रतिशतले बढाएर प्रतिलिटर ४६० रुपी पुर्‍याएकाे छ । पेट्रोल पनि प्रतिलिटर २२ प्रतिशतको वृद्धिसहित ५५० रुपी कायम गरिएको छ । ऊर्जामन्त्री कन्चना विजेसेकेराले तेलको नयाँ ढुवानी असीमित समयसम्म ढिलाइ हुन सक्ने बताएको एक दिनलगत्तै सो कदम चालिएको हो । गत हप्ता विजेसेकेराले सरकारसँग विदेशबाट इन्धन किनेर… पुरा पढौ

रूसमाथि तेलपछि सुन निर्यातमा पनि प्रतिबन्ध, तेलकै जसरी सुनको मूल्य पनि बढ्न सक्छ ?

लन्डन (बेलायत) । अमेरिका बेलायत, क्यानडा र जापानले रूसबाट सुन आयातमा प्रतिबन्ध लगाउने भएका छन् । युक्रेनी युद्धका लागि रकम जुटाउन सक्ने रूसको क्षमतामा आघात पुर्याउनका लागि सो कदम चाल्न लागिएको हो । सन् २०२१ मा रूसले १२ अर्ब ६० करोड डलर बराबरको सुन निर्यात गरेको थियो । सात औद्योगिक देशहरुको समूह जी–सेभेनले रूसबाट सुन आयात रोक्ने आइतवार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनले पूष्टि गरेका हुन् । प्रतिबन्धको औपचारिक घोषणा भने मंगलवार हुने बताइएको छ । प्रतिबन्ध भर्खरै उत्खनन गरिएका… पुरा पढौ

१०० वर्षपछि पहिलो पटक रुसले तिर्न सकेन विदेशबाट लिएको कर्जाको ब्याज

मस्को (रुस) । रुस आफ्ना विदेशी कर्जादाताहरुसँग लिएको ऋणको ब्याज तिर्न असफल भएको छ । ६ खर्ब डलरभन्दा बढीको विदेशी विनिमय सञ्चिति भएको रुस, चीन, जापान, स्वीट्जरल्यान्डपछि विश्वको चौथो ठूलो विदेशी विनिमय सञ्चिति भएको देश हो । तर आइतवार करीब १० करोड डलर तिर्न नसकेर रुस डिफल्टमा गएको छ । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा पश्चिमी देशहरुले अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई बहिष्कार गरेको अवस्थामा रुस एक शताब्दीभन्दा बढी समययता पहिलो पटक कर्जाको ब्याज भुक्तानीमा असफल भएको हो । रुसले मे… पुरा पढौ

श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल आउने

आर्थिक रूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार श्रीलङ्का जान लागेको हो । प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन् । अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ । भ्रमणले… पुरा पढौ

श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनुभएको छ । श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताउनुभएको… पुरा पढौ

अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो

एजेन्सी । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनको संख्या ९ सय २० पुगेको छ । छ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए । अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले भूकम्प ६ दशमलव १ म्याग्निट्यूड मापन गरेको जनाएको छ । प्रभावित क्षेत्रमा उद्दारका लागि सुरक्षा निकाय परिचालन गरीएको तालिवानी सरकारले जनाएको छ । भूकम्पका कारण सो… पुरा पढौ

केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक

भारतको एक पहाडमाथि चल्ने केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । पर्यटक बोकेको केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो । उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको भिडियोमा देख्न सकिन्छ । तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन सकेनन् । मद्दतका लागि प्रहरी र दमकल… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com