अन्तर्राष्ट्रिय

श्रीलंकाको राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने भएको छ । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले बुधबार हुने मतदानमा विपक्षी समर्थित उम्मेदवार दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीकी नेता अनुरा कुमारा दिसानायकेसँग प्रतिष्पर्धा गर्ने भएका छन् । मंगलबार बसेको संसदको संक्षिप्त बैठकले अन्तिम उम्मेद्वारको घोषणा गरेको हो । विक्रमासिंघेको नाम संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवद्र्धनेले प्रस्ताव गरेका थिए । नेशनल पिपुल्स पावर पार्टीका वामपन्थी नेता दिसानायके तेस्रो उम्मेदवार हुन् । पार्टीको संसदमा तीन जना मात्रै सदस्य रहेकाले उनी प्रतिद्वन्द्वी बन्ने… पुरा पढौ

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा केही समययता प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्। यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

भूपू गोर्खाबारे नेपाल र बेलायतबीच सेप्टेम्बर दोश्रो साता बैठक गर्ने तयारी

सन्तोष घिमिरे, भूतपूर्व गोर्खा सैनिकहरुको मागका सम्बन्धमा नेपाल र बेलायतबीच आगामी सेप्टेम्बर दोश्रो साता पहिलो चरणको वार्ताको तयारी भएको छ। लन्डनस्थित नेपाली दूतावासले भूपू गोर्खाहरुलाई पत्र पठाएर नेपाल र बेलायतबीच सेप्टेम्बर दोश्रो साता वार्ता हुने जानकारी दिएको हो। यसअघि परराष्ट्र मन्त्रालयले पनि भूपू गोर्खाहरुको मागका सम्बन्धमा चाँडै वार्ता हुने बताएको थियो। बेलायतको रक्षा मन्त्रालयले गत जुलाई १ मा नेपाली दूतावासलाई पत्र पठाएर भूपू गोर्खाहरुको मागका सम्बन्धमा छलफल गर्न गठित द्विपक्षीय समितिको बैठक महिनैपिच्छे आयोजना गर्न तयार रहेको बताएको छ। बेलायती… पुरा पढौ

श्रीलंकापछि यी १३ देश साँवा ब्याज तिर्न नसक्ने अवस्थामा

एजेन्सी कुनै समय एसियाकै खुसी, समृद्ध देशका रुपमा सामेल श्रीलंका अहिले स्वतन्त्रता यताकै सबैभन्दा ठुलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकालाई कयौं पटक विदेशी ऋण चुक्ता गर्नका लागि समयसीमा दिइएको थियो तर विदेशी मुद्रा भण्डार खाली भएका कारण उसले ऋण चुक्ता गर्न सकेन । आखिर श्रीलंकाले आफूलाई ‘डिफल्ट’ घोषणा गर्‍यो । श्रीलंकाका जनता सडकमा उत्रिएर उग्र प्रदर्शन गरिरहेका छन् । त्यहाँका राष्ट्रपति देश छाडेर भागिसकेका छन् । पेट्रोल पम्पमा इन्धनका लागि लामो लाइन लागेको छ । औषधि, खाद्यान्नको मूल्य कयौं… पुरा पढौ

२०१०–२०२० : तीन अर्बपतिले शीर्षस्थान ओगटेको दशक

फोर्ब्स, चर्चित बिजनेस म्यागेजिन फोर्ब्सले बितेको दशकमा अर्बपति र उनीहरुको सम्पत्ति घटबढबारेको विवरण सार्वजनिक गरेको छ। फोर्ब्सका अनुसार एक दशकमा अर्बपतिको संख्या विश्वमा दोब्बरले बढेको देखिएको छ। संख्यामात्रै होइन सम्पत्तिमा समेत उल्लेख्य वृद्धि देखिएको छ। सन् २०१० मा १ हजार १ जना कुल अर्बपति रहेकामा सन् २०२० मा आइपुग्दा यो संख्या २०९५ पुगेको छ। यो १० वर्षमा तीन जना अर्बपतिको दबदबा देखिएको छ।   कार्लोस स्लिम हेलु : लगातार ४ वर्ष सर्वधनाढ्य सन् २०१०, २०११, २०१२, २०१३ मा सर्वधनाढ्य व्यक्ति… पुरा पढौ

अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा अन्तरिक्षको रंगीन तस्बिर सार्वजनिक

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको हो । अन्तरीक्ष अनुसन्धान संस्था नासाका अनुसार यो तस्बिर हालसम्म लिइएका अन्तरीक्षका तस्बिरहरु मध्ये सबै भन्दा स्पष्ट र इन्फ्रारेड तस्बिर भएको बताइएको छ । बाइडेनले उक्त तस्बिर सार्वजनिक भएको दिन अमेरिकाको इतिहासमा ऐतिहासिक दिन रहेको बताउनुभएको छ । उहाँले विश्वकैै सबै भन्दा शक्तिशाली टेलिस्कोपले तस्बिर खिचेसँगै ब्रह्माण्डको इतिहासमा नयाँ बाटो… पुरा पढौ

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि मार्चअघि नै आमनिर्वाचन हुने

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्च अघि आमनिर्वाचन हुने भएको छ । वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षेले आगामी बुधबार संसद्का सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नुहुने र अर्को वर्ष मार्चअघि राष्ट्रपति र संसदीय निर्वाचन गराउने निर्णय गरिएको श्रीलंकाको स्थानीय समाचार संस्था डेली मिररले जनाएको छ । गत शनिबार देशव्यापी विरोध भएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग भएको छलफलमा राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति राजपाक्षेको ठेगाना अझै अज्ञात छ । आइतबार साँझसम्म राजनीतिक दलभित्र भएको… पुरा पढौ

भारत विश्वकै सबैभन्दा बढि जनसंख्या भएको देश

सन् २०२३ मा भारत विश्वको सबैभन्दा बढि जनसंख्या भएको देश सावित हुने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको सबैभन्दा बढि जनसंख्या भएको देशमा चीन एक नम्बरमा रहेको र आगामी वर्षमा भारतले चीनलाई उछिन्ने जनाएको छ । विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या ८ अर्ब पुग्ने र भारत जनसंख्याको आधारमा एक नम्बरमा पुग्ने जनाएको छ । सन् २०११ मा संसारमा मान्छेको संख्या ७ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ… पुरा पढौ

विश्वभर ७९ प्रतिशतले बढ्यो विद्युतीय सवारीसाधनको विक्री, टेस्ला सबैभन्दा अगाडि

न्यूयोर्क (अमेरिका) । विश्वभर विद्युतीय सवारीसाधनको विक्रीमा उल्लेख्य वृद्धि भएको छ । यस वर्षको पहिलो त्रैमासमा विश्व बजारमा १९ लाख ५० हजार थान सवारीसाधन विक्री भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७९ प्रतिशत बढी रहेकाे बजार अनुसन्धाता संस्था काउन्टरप्वाइन्टले बताएको हो । सो अवधिमा विक्री भएका सवारीसाधनमध्ये ७३ प्रतिशत ब्याट्रीबाट चल्ने सवारी साधन छन् । बाँकी भने प्लग–इन हाइब्रिड सवारीसाधन हुन् । सन् २०२२ को जनवरी–मार्च त्रैमासमा विश्वभर विक्री भएका कूल सवारीसाधनमा विद्युतीय सवारीसाधनको अनुपात १२ प्रतिशत… पुरा पढौ

बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई आफ्नो देश लगेर युद्ध तालिम दिने

युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै दस हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने बेलायतको रक्षा मन्त्रालयले बताएको छ ।   केही हप्ता लामो यो तालिम बेलायतमै हुनेछ । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिममा सहभागी युक्रेनीहरुमा या त न्युन सैन्य अनुभव छ या छँदै छैन । तालिम ब्रिटेनको आधारभूत सैन्य तालिममा आधारित हुनेछ । यस अन्तर्गत हतियार कसरी चलाउने, युद्ध मैदानमा चोट लागे कसरी प्राथमिक उपचार गर्ने, अनुगमन रणनीतिलाई… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com