अन्तर्राष्ट्रिय

युक्रेनद्वारा रुसी रेलको पुलमा आक्रमण, युक्रेनमा आक्रमण थप बढाउने रुसको धम्की

एजेन्सी । रुसले युक्रेनमाथि विना कारण आक्रमण गरेको शुक्रबार ५१ दिन पुगेको छ । युद्ध लम्बिदै जाँदा युक्रेनी सेना रुसमा पनि प्रवेश गरेको दाबी रुसको छ । रुसले युक्रेनलाई निकै चाँडै आफ्नो नियन्त्रणमा ल्याउने आकलन गरेको थियो । तर युक्रेनी सेनाले रुसी सेनासँग डटेर लडेपछि रुसले सोचको भन्दा फरक ढंगले यो युद्ध लम्बिएको छ । युक्रेनी सेनाले हिम्मत हारेका छैनन् । युद्धकै क्रममा सीमामा युक्रेनी सेनाले रुसी नागरिकमाथि आक्रमण गरेको रुसको दाबी छ । रुसले युक्रेनी सेनाले सीमा नजिकैको बेल्गोरोड… पुरा पढौ

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको छ,’ औषधि तथा स्वास्थ्य सेवा उत्पादन नियामक निकायले एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । एजेन्सी पुरा पढौ

चीनसँगको निर्भरता कम गर्न एप्पलले भारतमा शुरु गर्‍यो आईफोन उत्पादन

नयाँदिल्ली(भारत) । अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आईफोनको उत्पादन शुरु गरेको छ । चीनसँगको निर्भरता कम गर्न कम्पनीले भारतमा आईफोन निर्माणको काम थालेको हो । वितरण प्रणाली (सप्लाई चेन) मा चीनसँगको निर्भरता कम गर्न भारतमा काम शुरु गरिएको कम्पनीले बताएको छ । एप्पलको ताइवानी ठेकेदार उत्पादक, फक्सकनको स्थानीय कारखानामा आईफोन १३ निर्माण हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तमिलनाडुको श्रीपेरुम्बुडुरमा कारखाना रहने भनिएको छ । पछिल्लो समय कम्पनीले आईफोन निर्माण गर्ने क्षेत्रहरू चीनबाट अन्यत्र सारिरहेको छ ।भारत विश्वको… पुरा पढौ

यसरी पुगे शाहबाज पाकिस्तानको प्रधानमन्त्रीको कुर्सीसम्म

पाकिस्तानमा इमरान खानपछि अब शाहबाज शरीफ देशको भावी प्रधानमन्त्री बन्ने भएका छन् । पाकिस्तानको संसदमा सोमबार भएको बहुमत परीक्षणका लागि भएको मतदानमा उनले विजय हासिल गरेका हुन् । उनी विपक्षी दलका संयुक्त उम्मेदवार हुन् । उनले १७४ मत प्राप्त गरे । यसअघि आइतबार अविश्वासको प्रस्तावमा मतदान गरेपछि इमरान खानले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । उनको स्थानमा शाह महमूद कुरैशीलाई उनको पार्टी पाकिस्तान तहरीक इन्साफ (पीटीआई) ले उम्मेदवार बनाएको थियो तर सोमबार मतदान गर्नुअघि उनले आफ्नो नाम फिर्ता लिएका थिए।… पुरा पढौ

महँगी नियन्त्रण गर्न श्रीलंकाले दोब्बर बनायो ब्याजदर

कोलम्बो (श्रीलंका) । श्रीलंकाको केन्द्रीय बैंकले प्रमुख ब्याजदर अकल्पनीय स्तरमा बढाएको छ । बैंकले शुक्रवार मुद्रस्फीति नियन्त्रण गर्न ब्याजदर ७ प्रतिशतले बढाएर १४ दशमलव ५ प्रतिशतमा पुरयाएको हो । एक महीनाको अवधिमा अमेरिकी डलरको तुलनामा श्रीलंकाली मुद्रा रुपीको भाउ ३५ प्रतिशत घटेकै समयमा बैंकले यो अप्रत्याशित कदम चालेको हो । यो कदमले रुपीको भाउ स्थीर हुने अपेक्षा गरेको बैंकका नवनियुक्त गभर्नर नन्दलाल विरासिंघेले बताएका छन् । बैंकले निक्षेप दर पनि ७ प्रतिशतले नै बढाएर साढे १३ प्रतिशतमा ल्याएको छ ।… पुरा पढौ

श्रीलंकाको आर्थिक संकटमा भारतको सहयोग

आर्थिक संकटबाट गुुज्रिरहेको श्रीलंकालाई भारतले सहयोग गरेको छ । भारतले बुधबार श्रीलंकाका लागि पेट्रोल र डिजलको दुुई खेप पठाएको छ । श्रीलंकास्थित भारतीय दूतावासले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार ३६ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेल श्रीलंका पठाइएको छ । भारतले हालसम्म श्रीलंकालाई २,७०,००० मेट्रिकटन इन्धन पठाएको जानकारी दूतावासले दिएको छ । भारतले इन्धनका अलवा श्रीलंकालाई अन्य कयौ किसिमका सहायता पठाइरहेको छ । यसमा अन्न र औषधी प्रमुख छन् । श्रीलंकाको सरकारले कयौं… पुरा पढौ

न्यान्सीले ताईवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी

न्यान्सी पोलेसीको ताईवान भ्रमणको विषयलाई लिएर अमेरिका र चीनबीचको विवाद पुनः उत्कर्षमा पुग्ने देखिएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख पोलेसीले आगामी हप्ता ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनले चेतावनी दिएसंगै दुई मुलुकबीच तिक्तता बढ्ने देखिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र ताइवानबीच हुने आधिकारिक वा औपचारिक अन्तरक्रियाको बेइजिङले दृढतापूर्वक विरोध गर्ने बताएका छन् । सम्भावित भ्रमणबारे पेलोसीको कार्यालय वा ताइवान सरकारले पुष्टि नगरेपनि केहि अन्तराष्ट्रिय सञ्चारमाध्यममा न्यन्सीको भ्रमणबारे समाचार सार्वजनिक भएका थिए । यो सँगै… पुरा पढौ

भारतमा ओमिक्रोन एक्सई भेरिएन्ट भेटिएको पुष्टि

भारतमा कोरोनाभाइरस ९कोभिड–१९० को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन् । भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो । यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ । अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ । रासस पुरा पढौ

चीनको साँघाईमा अर्को सूचना नआएसम्मका लागि लकडाउन कायमै

चीनमा कोरोना संक्रमण फेरि फैलिएपछि सांघाई शहरमा लगाईएको लकडाउनको अवधि बढाइएको छ । अर्को सूचना नआएसम्मका लागि साँघाईमा लकडाउनको अवधि बढाइएको हो । चीनका २७ वटा प्रान्तमा एक साथ कारोनाको ओमिक्रोन भेरिएन्ट फैलिएका कारण २ करोड २५ लाखको ज्यान बचाउन लकडाउनको अवधि बढाईएको चीन सरकारले जनाएको छ । चीनमा गत सोमबार एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएकोमा मंगलबार सो संख्यामा सामान्य बृद्धि भएको जनाइएको छ । जसमा सांघाई शहरमा मात्रै मंगलबार एकैदिन ९ हजार ८… पुरा पढौ

एलन मस्कको सम्पत्ति वारेन बफेटको दोब्बरभन्दा धेरै, बने संसारकै नम्बर १ धनाढ्य

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंक र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको नेटवर्थ ३ खर्ब डलरमा पुगेको छ । फोब्र्सको मंगलबारको अर्बपतिहरुको रियल टाइम वरियताले यस्तो देखाएको हो । मस्कसँग भएको उक्त नेटवर्थ सूचीमा रहेको दोस्रो धनाढ्य अर्थात् अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक र अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनका मालिक जेफ बेजोसको भन्दा एक अर्ब डलरभन्दा धेरै थियो । मस्कको सम्पत्ति लेजेन्डरी लगानीकर्ता र बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com