तेल अभिभ । इजरायल भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पत्रकार सम्मेलन गर्दै इजरायललाई सहयोग गर्न अमेरिका सधैँ उपस्थित रहने बताएका छन् । ब्लिन्केनले आफू एक 'अविश्वसनीय रूपमा कठिन' समयमा इजरायल आएको बताए। मारिएका परिवारका तस्बिरहरू हेर्न आफूलाई गाह्रो भएको उनले जिकिर गरे । ‘बालबालिका मारिए, शव टुक्रा-टुक्रा पारियो, युवाहरूलाई जिउँदै जलाइयो, महिला बलात्कृत भए, परिवारका सदस्यलाई बालबालिकाको अगाडि र बालबालिकालाई परिवारका सदस्यहरूकै अगाडि मारियो,’ उनले भने । ब्लिन्केनले इजरायली नागरिकहरूको साहसको बारेमा पनि टिप्पणी गरे।…
पुरा पढौ