अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी विश्वका लोकप्रिय नेताको शीर्ष स्थानमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल हुनुभएकाे छ । मर्निङ कन्सल्टेन्सी सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शीर्ष स्थानमा पर्न सफल हुनुभएको हो । प्रधानमन्त्री मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी दोस्रो र तेस्रो स्थानमा पर्नुभएको छ । २२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा पर्नुभएको छ । सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन… पुरा पढौ

न्यूयोर्क टाइम्सले शिक्षाको दिल्ली मोडलबारे लेखेकै दिन राज्यका शिक्षामन्त्री पक्राउ

एजेन्सी । अमेरिकाबाट प्रकाशित हुने विश्व चर्चित पत्रिका द न्यूयोर्क टाइम्समा दिल्लीको शिक्षा मोडलको बारे लेखिएको फिचर न्युजलाई भाजपाले ‘पेड न्युज’ भएको अराोप लगाएको छ । भाजपाको आरोपको द न्युयोर्क टाईम्स आफैले खण्डन गरेको छ । द न्युयोर्क टाइम्सले विवादमा तान्न खोजिएको फिचर न्युज पूर्णत रिपोर्टिङमा आधारित रहेको बताएको छ । न्यूयोर्क टाइम्सका प्रवक्ता निकोल टायलरले भारतीय समाचार एजेन्सी पीटीआईलाई इमेल गरेर पत्रिकामा छापिएको रिपोर्ट निष्पक्ष र ग्राउन्ड–रिपोर्टिङमा आधारित भएको बताएकी छन् । द न्युयोर्क टाईम्सले शिक्षालाई सधैँ प्राथमिकता दिएर… पुरा पढौ

सेप्टेम्बर ७ मा आइफोन १४ लञ्च गर्दै एप्पल

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले सेप्टेम्बर ७ मा आइफोन १४ सार्वजनिक गर्दैछ । यस मामिलाबारे जानकार स्रोतहरूलाई उद्धृत गर्दै ब्लुम्बर्गले छापेको समाचार अनुसार सो दिन आयोजना गरिने समारोहमा कम्पनीले नयाँ म्याकका साथै सस्तो र महँगा आइप्याड अनि तीन ओटा एप्पल वाचको मोडलहरू समेत सार्वजनिक गर्नेछ । स्मार्टफोन उद्योगमा विक्री सुस्ताइरहेको समयमा कम्पनीले आफ्नो फ्ल्यागशीप प्रडक्टहरू अपडेट गरिरहेको छ । महँगी अकासिएर जीवनयापन खर्च धान्नै नसक्ने अवस्था सिर्जना भएको अनि अर्थतन्त्र अस्थिर बनेको अवस्थामा स्मार्टफोन उद्योगमा… पुरा पढौ

श्रीलंकाका पूर्व राष्ट्रपतिले ग्रिन कार्डका लागि आवेदन दिए, श्रीमती पहिल्यै अमेरिकी नागरिक

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा बस्नका लागि ग्रीन कार्डका लागि निवेदन दिएका छन् । गत महिना श्रीलंकामा जनताले उनको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन गरेका थिए जसका कारण उनी देश छोडेर भागेका थिए । मिडिया रिपोर्टका अनुसार उनकी श्रीमती र छोरा अमेरिकामा सेटल भइसकेका छन् । श्रीमती पहिलेदेखि नै अमेरिकी नागरिक श्रीलंकाको पत्रिका डेली मिररले स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका राजापाक्षेका वकिलहरूले गत महिना मात्रै उनलाई ग्रीन कार्ड दिने प्रक्रिया सुरु गरेको दाबी गरेको छ । उनकी श्रीमती… पुरा पढौ

यूरोपदेखि अमेरिकासम्मै चरम खडेरी, नदीमा पानी सुकेपछि ढुवानी समस्या

बेलायतमा थेम्स नदीको पानी प्रयोगमा अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ । अभूतपूर्व मौसमी अवस्थालाई उद्धृत गर्दै आगामी हप्तादेखि शुरु हुने गरी लन्डन र थेम्स उपत्यकामा सर्वसाधारणहरुलाई नदीको पानी प्रयोगमा रोक लगाइएको छ । उद्योग कलकारखानाहरुलाई पनि सचेत भएर पानी चलाउन भनिएको छ । अगष्ट २४ देखि कार सफा गर्न, बगैंचाँमा पानी हाल्न, स्वीमिङ पूल भर्न र घरका झ्याल ढोकाहरु सफा गर्ने लगायत काममा नदीको पानी चलाउन पाइने छैन । उखर्माउलो गर्मी अनि तातो हावाको बहावको कारण बेलायतमा पानीको माग २५… पुरा पढौ

म्यान्चेष्टर युटाइडेड किन्न लागेका हुन् मस्क ?

अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्कले बेलायतको फुटबल क्लब म्यान्चेटर युनाइटेड (म्यान यु) किन्ने बताएका छन् । बुधवार उनले एक ट्विटमा यस्तो बताएका हुन् । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किन्ने प्रस्तावले कानूनी झमेला निम्त्याइरहेकै समयमा अब मस्कको आँखा म्यान यु तिर लागेको छ । उनले रिपब्लिकन पार्टीको आधा वाम पक्ष र डेमोक्रेटहरूको आधा दपिक्षणपन्थीहरूको समर्थन गर्ने ट्विटमा भनेका थिए । त्यसलगत्तै उनले अर्को ट्विटमा भने आफूले म्यान यू किन्न लागेको बताएका… पुरा पढौ

एप्पलले कर्मचारीहरूलाई भन्यो- हप्तामा तीन पटक कार्यालयमै आएर काम गर

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी तथा आइफोन निर्माता एप्पल इंकले आफ्ना कर्मचारीहरूलाई हप्तामा तीन पटक कार्यालयमै आएर काम गर्न भनेको छ । कम्पनीले सेप्टेम्बरदेखि शुरू हुने गरी कर्मचारीहरूलाई कार्यालयमा बोलाएको हो । यो नीति कम्पनीको क्यालिफोनिर्यास्थित मुख्यालय नजिक रहेको सान्टा क्लारा काउन्टीमा काम गर्ने कर्मचारीहरूका लागि लागू हुने भन्दै ब्लुम्बर्ग र भर्जले समाचार छापेका छन् । कर्मचारीहरूलाई मंगलबार र बिहीबार कार्यालयमै आउन भनिएको छ । तेस्रो दिन भने हरेक टोलीले आ–आफ्नै आवश्यकता अनुसार चयन गर्नेछन् । कम्पनीको… पुरा पढौ

भारतीय धनाड्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

एजेन्सी । भारतीय धनाड्य एवं रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको छ । सोमबार विहान साढे १० बजे रिलायन्स फाउन्डेसन अस्पतालमा अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको हो । धम्कीपछि अस्पतालले प्रहरीकोमा खबर गरेको थियो । अनुसन्धानको क्रममा धम्की दिएको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ । गत महिना मात्र भारतको सर्वोच्च अदालतले अम्बानी र उनको परिवारको सदस्यका लागि सुरक्षा जारी राख्न अनुमति दिएको थियो । अम्बानी भारतको मात्र नभई एसियाकै… पुरा पढौ

आक्रमणकारीले रुस्दीलाई १० पटक चक्कुले घोचेको वकिलको दावी

भारतीय मूलका ब्रिटिश लेखक सलमान रुश्दीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भयो । रुश्दी पश्चिम न्युयोर्क सहरस्थित चौतौक्वा इन्स्टिच्युटमा बोल्ने तयारी गरिरहेको समयमा उनीमाथि आक्रमण भएको थियो । रुश्दीमाथि चक्कु प्रहार गर्ने २४ वर्षीय मादी मतार घटनास्थलमै पक्राउ परेका थिए । शनिबार दिउँसो उनलाई न्युयोर्कको मेभिलस्थित चौतौक्वा काउन्टी अदालतमा उपस्थित गराइएको थियो । अदालतमा रुश्दीका वकिलले मतारविरुद्ध मुद्दा पेस गर्ने क्रममा उनले रुश्दीलाई करिब करिब १० पटक चक्कुले घोचेको बताएका छन् । मतारलाई ‘योजनावद्ध रुपमा मार्ने उद्देश्यले नै आक्रमण गरेको’ र ‘अरु… पुरा पढौ

अलिबाबाले बर्खास्त ग¥यो दश हजार कर्मचारी

बेइजिङ । विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन् । सन् १९९९ मा स्थापना भएको अलिबाबाको गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्तविरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आय ४५.१४ अर्ब… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com