अन्तर्राष्ट्रिय

संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव– राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ । चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरुलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले जनाएका छन् । उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरु बढ्ने क्रम जारी रहेको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् । उनले… पुरा पढौ

छुरी हमलामा परेका रुस्दीको एउटा हात र आँखाले काम गर्दैन

अगस्टमा न्युयोर्कमा छुरा हमलामा परेका विश्व प्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका एजेन्टले बताएका छन् । सलमानले एउटा हात पनि नचल्ने भएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका उनले एजेन्टले स्पेनको एल पेस पत्रिकालाई भने ‘त्यो क्रूर हमला थियो । ’ एल पेससँगको अन्तर्वार्तामा वाइलीले भने, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन् । उनको घाँटीमा तीनवटा गम्भीर घाउहरू थिए। उनको हातको नसा काटिएको कारण एउटा हात चल्दैन । अहिले रुस्दी कहाँ छन्… पुरा पढौ

४२ वर्षीय हिन्दू धर्मावलम्वी ऋषि सुनक वेलायती प्रधानमन्त्री

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनकको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन् । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु परेको थियो । साथै उनको कार्यकालमा बेलाइतको मुद्रा अवमूल्यन भएको थियोगत बिहीबार… पुरा पढौ

शशी थरुरलाई हराउँदै भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष बने मल्लिकार्जुन

भारतीय राष्ट्रियकंग्रेस अध्यक्ष पदको लागि गत सोमबार भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । मल्लिकार्जुन खड्गे पार्टीका नयाँ अध्यक्षमा नियुक्त भएका छन् । कुल खसेको ९३८५ मतमध्ये खड्गेले ७८९७ मत पाएको र उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेको पार्टीले जानकारी दिएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार निर्वाचनमा ४१६ मत बदर भएका छन् । खड्गेको जितपछि दिल्लीस्थित कंग्रेसको मुख्यालयबाहिर उत्सवको माहोल छ, कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता पुगेको भारतीय मिडियाहरुले बताएका छन् । यसअघि,… पुरा पढौ

पाकिस्तानको उपचुनावमा इमरान खानको पार्टीको कीर्तिमानी जित

पाकिस्तानमा आइतबार राष्ट्रियसभाका आठ र प्रान्तीय सभाका लागि तीन सिटका लागि उपनिर्वाचन भएको थियो । यसमध्ये राष्ट्रिय सभाको उपचुनावमा इमरान खानको पार्टीले ८ मध्ये ६ सिट जितेको छ भने पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले २ सिट मात्र जितेको छ । पञ्जाबका तीन प्रान्तीय सिटमध्ये पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले दुई र मुस्लिम लिग–नूनले एउटा सिट जितेको छ ।   पीटीआईका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले नेशनल राष्ट्रियसभाका आठ सिटमध्ये सात सिटका लागि उम्मेदवारी दिएको थियो । शाह महमूद कुरैशीकी… पुरा पढौ

विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज

दोहा (कतार) । कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ । कतारले फिफा विश्वकपको तयारी भइरहँदा फुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो । कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ हजार माथि पुग्ने आफ्नो नाम नखुलाउने शर्तमा कतार एयरवेजका प्रवक्ताले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।… पुरा पढौ

विद्यार्थीले काम गर्ने समय घटाउँदै अष्ट्रेलिया

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाले छिट्टै अन्तरराष्ट्रिय विद्यार्थीहरुले काम गर्न पाउने समय (घन्टा) सीमित बनाउने भएको छ । सन् २०२३ को जुन ३० मा विद्यार्थी भिसाको लागि असीमित काम गर्ने अधिकार अन्त्य हुँदैछ । सन् २०२३ को जुलाईदेखि विदेशी विद्यार्थीहरुका लागि काम गर्ने समय (घन्टा) मा पुनः सीमा लगाउन लागिएको अष्ट्रेलियाको सरकारले एक विज्ञप्तिमा भनेको छ । काम र पढाईबीच सही सन्तुलन बनाउन कसरी सकिन्छ भन्ने धारणाका आधारमा काम गर्न सकिने घन्टा तोकिने पनि विज्ञप्तिमा भनिएको छ । सन् २०२२ को… पुरा पढौ

फ्रान्सेली लेखिका एनी एनोक्सलाई साहित्यतर्फको नोबेल पुरस्कार

फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । एनी एनोक्सले भनिन्, "लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ।" ​लेखिका एनी एनोक्सको जन्म सन् १९४० मा भएको थियो । उनी नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी थिइन्। यहाँ उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे। गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो। स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई 10 मिलियन स्वीडिश क्राउन दिन्छ, जुन लगभग… पुरा पढौ

यी हुन् विश्वका उत्कृष्ट एयरलाइन्स, कतार एयरवेज शीर्ष स्थानमा

कतार एयरवेज सन् २०२२ को सबैभन्दा उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । कोभिड महामारीका कारण सन् २०१९ पछि पहिलोपटक आयोजना गरिएको स्काईट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ मा कतार एयरवेज उत्कृष्ट घोषित भएको हो । शुक्रबार लण्डनमा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । स्काईट्रयाक्स बेलायतमा रहेको एयरलाइन्स र एयरपोर्ट रिभ्यू र र्‍याङ्किङ साइट हो । विजेता घोषणा गर्नका लागि साइटले १ सय बढी देशका १.४ करोड यात्रुलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२२ अगस्तसम्म सर्वेक्षण गरेको थियो । सन् १९९९ देखि यो… पुरा पढौ

अटोरिक्सा चढेका दिल्लीका मुख्यमन्त्रीलाई प्रहरीले ओराल्न खोज्यो, तर मानेनन्

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गुजरात प्रहरीले सोमबारअहमदावादमा अटोमा बस्न रोक्ने प्रयास गर्यो । प्रहरीले केजरीवाल दिल्लीको मुख्यमन्त्रीको हिसाबमा भीभीआईपी भएको र उनको सुरक्षालाई मध्यनजर गर्दै अटोमा बस्न दिन नसकिने बतायो । यस विषयमा मुख्यमन्त्री र प्रहरीबीच केही समय चर्को बहस पनि भयो । आक्रोशित केजरीवालले प्रहरीलाई ‘तपाईहरुले जबरजस्ती मलाई सुरक्षा दिइरहनु भएको छ । मलाई सुरक्षा चाहिँदैन’ भनेको भिडियो पनि सार्वजनिक भएको छ । खासमा दिल्लीका मुख्यमन्त्री उनको होटलबाट एक जना अटो–चालकको अटोमा बसेर उनको घरमा रातिको खाना खान जाँदै… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com