अन्तर्राष्ट्रिय

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठुलो सङ्ख्यामा महामारी बताइएको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसङ्ख्याको झन्डै १८ प्रतिशतमा यो भाइरसको सङ्क्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्। बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसङ्ख्यामा अत्यधिक… पुरा पढौ

विश्वकप जितेपछि सन्यास लिने मुडमा छैनन् मेसी

दोहा (कतार) । कतारमा चलिरहेको पुरुषतर्फको फिफा विश्वकप फुटबलमा लियोनल मेसीको टिमले उपाधि चुमेको छ । विश्वकप जारी रहँदा यो उनको अन्तिम अन्तरराष्ट्रिय प्रतियोगिता हुने अनि यही मञ्चमा उनले संन्यासको घोषणा गर्ने अनुमान गरिएकाे थियो । तर, आइतबार रातिको जितपछि मेसीले आफ्नो अन्तरराष्ट्रिय करियरलाई निरन्तरता दिने भएका छन् । मेसीको साहारामा अर्जेन्टिनाले कतारमा सन् १९८६ यता पहिलो पटक उपाधि चुमेको छ । योे जितको गर्वमा थप केही समय देशका लागि खेल्ने उनकाे भनाइ छ । लुसेल रंगशालामा कुनै-कुनै क्षणमा अन्तिम… पुरा पढौ

‘अमेरिका चीनसँग द्वन्द्व चाहँदैन’

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन्। किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका (भीओए) लाई दिएको अन्तर्वार्तामा भने, “चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौं भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व होस्र भन्ने चाहँदैनौं ।” वासिङ्टन र बेइजिङबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्न अमेरिकी विदेश मन्त्रालयले नयाँ अफिस अफ चाइना कोअर्डिनेसन स्थापनापछि ह्वाइट हाउसका अधिकारीले चीनबारे यस्तो… पुरा पढौ

फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट बने विश्वका धनाढ्य व्यक्ति

एजेन्सी । विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ । फोबर््सको रियल–टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन् । आज साँझसम्म बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ । मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ । उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ । ७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत हुन् । ५१ वर्षीय मस्क… पुरा पढौ

एलन मस्क : खर्ब गुमाउँदा पनि विश्वकै धनी

सान फ्रान्सिस्को (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी तथा विधुतीय सवारी साधन निर्माता टेस्ला इंक र माइक्रो ब्लगिङ वेबसाइट ट्विटरका मालिक एलन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले धमाधम ब्याजदर बढाइरहेको अनि आर्थिक मन्दीको भय बढिरहँदा घरेलु प्रविधि कम्पनीहरुको शेयर तीव्र कमी आइरहेको छ । बुधवार पनि प्रविधि क्षेत्र रातोमा आएपछि केही क्षणका लागि मस्कको सम्पत्ति बुधवार फ्रान्सेली लक्जरी कम्पनी लुँई भिँटोका सीईओ बर्नार्ड आर्नोको भन्दा तल झरेको थियो । फोब्र्सको रियल टाइम… पुरा पढौ

दिल्लीको चुनावमा १५ वर्षपछि हार्‍यो भाजपा, आम आद्‍मीलाई बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो । हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । यद्यपि… पुरा पढौ

अमेरिकी सेनाले सार्वजनिक गर्‍यो, गोटाकै ७५ करोड डलर पर्ने अत्याधुनिक बमवर्षक विमान

अमेरिकी वायु सेनाका लागि बनाइएको हालसम्मकै अत्याधुनिक आणविक बमवर्षक विमान बी–२१ रेडर सार्वजनिक गरिएको छ। निर्माता नर्थ्रोप ग्रुमन कर्पले क्यालिफोर्नियामा आयोजित एक समारोहमाझ सो विमान अनावरण गरेको हो। आफ्नो पूर्ववर्ती बी–२ बमवर्षकजस्तै आकार भएको यो विमानले विश्वको जुनसुकै कुनामा परम्परागत तथा आणविक हतियार पुर्याउन सक्छ। उड्दाउड्दै इन्धन भर्न सकिन्छ। सन् २०१० मा यो विमानको लागत प्रतिगोटा ५५ करोड डलर पर्ने आकलन गरिएको थियो। जसको आजको मूल्य ७५ करोड डलर हुन जान्छ। अमेरिकी वायुसेनाले कम्तीमा एक सय वटा बी–२१ किन्ने योजना… पुरा पढौ

फिफा विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको कतारद्वारा पहिलो पटक स्विकारोक्ति

फिफा विश्वकपको आयोजकका एक उच्च अधिकारीले विश्वकपको तयारीमा ४०० देखि ५०० मजदुरको मृत्यु भएको पहिलो पटक स्वीकार गरेका छन् । कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आँकडा दिएको यो पहिलो पटक हो । अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेरै कम थियो । अङ्ग्रेजी पत्रिका बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो कुरा स्वीकार गरेका छन् । थावाडीले भने, ‘यो सङ्ख्या करिब चार सयदेखि पाँच सयको बीचमा छ । मसँग… पुरा पढौ

एप्पलसँग मस्कको जुहारी, एप्पलको विज्ञापन बिना चल्ला ट्विटर ?

काठमाडौं। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले घरेलु माइक्रोब्लगिङ वेबसाइट ट्विटरलाई विज्ञापन दिन बन्द गरेको छ । एप्पलले बिना कारण ट्विटरलाई विज्ञापन दिन बन्द गरेको ट्विटरका नयाँ मालिक तथा संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले आरोप लगाएका छन् । यो आरोप लगाएपछि कम्पनीले आफ्नो एप स्टोरबाट ट्विटरलाई हटाउने धम्की दिएको थियो । मस्कले एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रुपमा ट्विटहरु गरेर एप्पल विरुद्ध अभिव्यक्ति दिएका थिए । विज्ञापन कम गरेको भन्दै उनले एप्पलले अमेरिकामा वाक स्वतन्त्रतादेखि रिस उठेको हो ? भन्ने… पुरा पढौ

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले मुद्रास्फीति नियन्त्रणका लागि शुक्रवार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आकलनमा आधारित भएर यो निर्णय गरिएको हो ।’ डनका अनुसार, यस परिवर्तनसँगै एसबीपी ब्याज दर यस वर्षको लागि कुल ६२५ आधार विन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र सेप्टेम्बरमा अपरिवर्तित थियो । दक्षिण एशियाली… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com