स्वास्थ्य

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख ७२ हजार ८९२ डोज लगाइयो कोरोनाविरुद्धको खोप

असार २३, बाल्टिमोर (अमेरिका) । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार… पुरा पढौ

कोरोना विरुद्धको खोप वितरणमा समानता होस : बान कि मुन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता… पुरा पढौ

एउटा मात्र खोपले कोभिडबाट ९२ प्रतिशत सुरक्षा हुने, दुवै डोज लगाउँदा ९८ प्रतिशत सुरक्षा

कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको हो । भारतीय सरकारको… पुरा पढौ

अमेरिकी नोभाभ्याक्सद्वारा निर्माण गरिएको खोप ९०.४ प्रतिशत प्रभावकारी भएको घोषणा

अमेरिकामा अर्को खुसीको खबर आएको छ । अमेरिकी बायोटेन्लोजी कम्पनी नोभाभ्याक्सले अनुसन्धान गरि निर्माण गरेको कोरोना बिरुद्ध खोप परीक्षणमा ९०.४ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । उक्त फर्मास्युटिकल प्रतिष्ठानले अमेरिका र मेक्सिकोमा गरेको तेश्रो चरणको परीक्षणमा उक्त नतिजा आएको जनाएको छ । नोभाभ्याक्सले सोमबार जुन १४ का दिन उक्त जानकारी गराएको छ । उक्त प्रतिष्ठानले अझ अतिरिक्त विश्लेषण भै रहेको जनाउदै यसको समीक्षाको लागि पत्रिकाहरूमा पेश गरिने जनाएको छ । नोभाभाक्सका लागि अनुसन्धान तथा विकासका अध्यक्ष डा ग्रेगरी ग्लेनले… पुरा पढौ

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो । तर गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो । अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै… पुरा पढौ

रिपब्लिकन सिनेटर भन्छन्ः कोरोना भाइरस चीनबाट आयो, उत्कृष्ट खोप अमेरिकामा बन्यो

अमेरिकाका एक वरिष्ठ रिपब्लिकन सिनेटरले कोरोना भाइरस चीनबाट आएको बताउँदा कोरोना भाइरसविरुद्धको उत्कृष्ट खोप भने अमेरिकामा बनेको बताएका छन्। ‘कोरोना भाइरस समाप्त भएको छैन। अमेरिकामा अवस्था ठिक भएता पनि दक्षिण अमेरिका यसबाट प्रभावित छ। अफ्रिका र भारतमा पनि अवस्था नाजुक छ। तथ्यले सबै कुरा भन्छ’ लुजियानाका सिनेटर जोन केनेडीले भनेका छन्,‘म आफ्नो भनाइलाई राजनीतिक बयान बनाउन चाहँदिन तर कोरोना भाइरस चीनबाट आउँदा उत्कृष्ट खोप अमेरिकामा बन्यो।’ उनी हरेक हिसाबमा अमेरिकी नेतृत्व विश्वलाई अदाहरण हुने बताउँछन्।केनेडी भन्छन्,‘हामीसँग अरुको जीवन बचाउन मद्दत… पुरा पढौ

फाइजरले १२ वर्ष मुनिका बालबालिकामा खोप परीक्षण गर्दै

अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा कम डोजको खोप ठूलो संख्यामा परीक्षण गर्ने भएको छ । अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा धेरै स्थानमा ४ हजार ५ सय बालबालिकामा यो परीक्षण सञ्चालन हुने कम्पनीले जनाएको छ । फाइजर र उसको जर्मन साझेदार बायोनटेकले मिलेर तयार गरेको यस खोपले अमेरिका, क्यानडा र युरोपेली युनियनमा १२ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिसमा आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । सबैले ३० माइक्रोग्राम डोज प्रयोग गर्छन् । १२ वर्षमुनीका बालबालिकामा भने… पुरा पढौ

कास्कीका पत्रकारलाई कोरोना खोप उपलव्ध गराउन महासंघको माग

पोखरा,२६ जेठ । नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध गराउन माग गरेको छ ।शाखाका अध्यक्ष विमला भण्डारीले आज विज्ञप्ति जारी गरी फ्रन्टलाइनमा रहेर नागरिकलाई सुसूचित, जागरुक बनाउने कार्यमा खटिने पत्रकारको पेसागत बाध्यता हृदयंगम गरी आम नागरिक सहित कास्कीका पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारसमक्ष माग गर्नुभएको हो ।जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोना विरुद्धको खोपको पर्खाइमा रहेको महासंघले जनाएको छ । स्वास्थ्य… पुरा पढौ

नेपाललाई खाेप सहयाेग गर्न १६ बेलायती सांसदकाे दवाव

बेलायतका १६ जना सांसदले नेपाललाई काेराेना भाइरसविरुद्धकाे खाेप सहायाेग गर्न आफ्नाे सरकारलाई दवाव दिएका छन् । विभिन्न पार्टीका १६ जना सांसदले बेलायतका विदेशमन्त्रीलाई सम्युक्त पत्र लेख्दै निकै जाेखिम अवस्थामा रहेकेा नेपाललाई तत्काल खाेप लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन भनेका हुन् । नेपाललाई भारतले दिने सम्झाैता गरेर पनि दाेश्राे खेप खाेप नदिदा पहिलाे डाेज लगाएका हजाराैं बृद्धा खाेप लगाउनबाट बञ्चित छन् । नेपाली युवाले बेलायतकाे रक्षाका लागि ठुलाे याेगदान गरिरहेेका उल्लेख गर्दै उनीहरुले लेखेकाे पत्रमा नेपालीकाे स्वास्थ्यमा ध्यान दिनु बेलायत सरकारकाे… पुरा पढौ

पोखरा पर्यटन परिषद्ले चीनबाट स्वास्थ्य उपकरण ल्यायो

पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटेड मेसिनसहित आवश्यक स्वास्थ्य सामग्री ल्याएको छ । कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रविन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरीएको अध्यक्ष गोपीबहादुर भटटराईले जानकारी दिए । “अहिलेको अवस्था निकै जटिल छ, मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री नेपाल ल्याएका हौ ” भट्टराईले भने । भट्टराईका अनुसार करिब ११ लाख मुल्य बराबरको उक्त सामग्री खरीदका लागि परिषदमा आवद्ध पर्यटन व्यवसायी संघसंस्था र अन्य पर्यटन… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com