स्वास्थ्य

फाइजरले बनाएको कोरोनाविरुद्धको ट्याब्लेटले पायो स्वीकृति

न्यूयोर्क (अमेरिका) । अमेरिकी औषधी निर्माता कम्पनी फाइजरले विकास गरेको कोभिड विरुद्धको प्याक्सलोभिड नामक खानेचक्की(पिल) ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बुधवारउक्त कम्पनीले विकास गरेको कोभिड पिललाई अनुमति दिएको अन्तरराष्ट्रिय समाचार माध्यमले समाचार प्रकाशित गरेका छन् । एफडीएले कोभिड संक्रमित भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो । त्यस्तै शुरुमै अस्पताल जानु पर्ने लक्षण देखिने कोभिड संक्रमितले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् ।… पुरा पढौ

बेलायतमा झन् बढ्यो कोरोना, एकै दिन ५१ हजार जना सङ्क्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् । सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट यहाँ ५१ हजार भन्दा बढी मानिस यहाँ सङ्क्रमित भएका छन् । अघिल्लो हप्ता यहाँ… पुरा पढौ

भारतमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमणको दर एकैदिन पाँच गुणाले बढ्यो

एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको मामिला एकैदिन पाँच गुणाले बढेको छ । समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन संक्रमित फेला परेका छन् । पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ४ बाट २१ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ताको विषय बताएको छ । संक्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ । डब्लुएचओमा कार्यरत वैज्ञानिकहरुले यो डेल्टाभन्दापनि संक्रामक… पुरा पढौ

‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने डब्ल्युएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरानोको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने चेतावनी दिएको छ। यसबाट गम्भीर परिणाम आउन सक्ने भन्दै डब्ल्युएचओले विश्व जगतलाई महामारी फैलन नदिन ठोस कदम चाल्न पनि भनेको छ ।डब्ल्युएचओ प्रमुख डा. टेड्रोस गेब्रेयसले गरीब राष्ट्रहरुमा खोप उपलब्ध गराउन धनी राष्ट्रहरुलाई आग्रह समेत गरेका छन् । विश्वभरका वैज्ञानिकहरुले नयाँ संस्करण, उच्च प्रसारण र पुन संक्रमणको जोखिम र खोपहरुका बारेमा अध्ययन अनुसन्धान थालिसकेको भन्दै उनले अफ्रिकी मुलुकहरुले महामारी फैलन नदिन चालेको कदमको प्रशंसा… पुरा पढौ

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’: इङ्ल्यान्डमा मास्क प्रयोग अनिवार्य बनाइयो, इजरायलमा विदेशीमाथि रोक

कोरोना भाइरसको नयाँ प्रजाती ‘ओमिक्रोन’ फैलन थालेपछि इङ्ल्यान्डमा मंगलबारदेखि मास्क प्रयोग अनिवार्य बनाएको छ। बेलायती सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसीले पसल र सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य बनाइएको उल्लेख गरेको छ। ‘रेड लिस्ट’मा रहेका १० वटा देशबाट आउने यात्रुले इङ्ल्यान्डमा अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने छ। उनीहरुको पीसीआर परीक्षणसमेत हुने छ। इङ्ल्यान्ड सरकारले घरबाट काम गर्न समेत अनुरोध गरेको छ। यता इजरायलले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने तयारी गरेको छ। १४ दिनका लागि इजरायल सरकारले रोक लगाउन लागेको बिबिसीले… पुरा पढौ

कोरोनाको नयाँ भेरियन्टलाई अहिलेको खोपले रोक्न नसक्ने वैज्ञानिकको ठहर

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमीक्रोन नामाकरण गरेको कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकी मुलुकलगायत अन्य मुलुकमा पनि फैलिएपछि कोरोना नियन्त्रण आइसकेका राष्ट्रका नागरिक त्रसित हुन थालेका छन् । कोरोनाविरुद्ध विश्वभर खोप अभियान जारी रहेकै बेला फेला परेको नयाँ भेरिएन्टलाई हालै बनेका खोपले समेत काम नगर्ने भएपछि वैज्ञानिकहरु चकित भएका छन् । यसअघि फेला परेका र अतिनै घातक भनिएका डेल्टा, बीटाको नयाँ वंश स्पाइक प्रोटिनमा ३० म्युटेसन रहने हुनाले यसले विश्वलाई भयग्रस्त बनाएको हो । दक्षिण अफ्रिकामा देखा परेको… पुरा पढौ

कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की : ८९ % प्रभावकारी

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की ८९ प्रतिशत प्रभावकारी भएको बताएको छ । कोरोनाका संक्रमितका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको पनि उसले उल्लेख गरेको छ। उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म दिनहुँ तीन ओटा चक्की सेवन गर्नुपर्ने हुन्छ। फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदनसमेत दिइसकेको… पुरा पढौ

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

लण्डन, कात्तिक १२ गते । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ । उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ । लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सङ्गै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ… पुरा पढौ

दुई डोज खोप लगाइसक्दा पनि यस्ता लक्षण देखिए तुरुन्त कोरोना जँचाउनुहोस्

डा. राजन गान्धी, अमेरिकामा खोप लगाउँदा पनि ठूलो संख्यामा मानिस कोरोनाबाट संक्रमित भएका छन्। जसले गर्दा त्यहाँ फेरि मास्क लगाउनमा जोड दिनुपर्ने अवस्था आएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक डा. रोसेल पी वैलेन्स्कीका अनुसार खोपका दुवै मात्रा लगाएका मानिस पनि कोरोनाको डेल्टा भेरिएन्टको चपेटामा परिरहेका छन्। यस्तो अवस्थामा सीडीसीले भनेको छ– खोप लगाइसकेर पनि संक्रमणका कुनै लक्षण देखिए वा संक्रमित व्यक्तिको सम्पर्कमा आए उसले पनि कोरोना परीक्षण गराउनुपर्छ। भारतमा पनि कोरोनाको डेल्टा भेरिएन्टको चपेटामा थुप्रै… पुरा पढौ

के तीन डोजले पाइन्छ कोरोनाबाट पूरा सुरक्षा ? फाइजरले तेस्रो डोजका लागि माग्नेछ अनुमति

दुनियाँको एउटा ठूलो औषधी कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भ्याक्सिनको तेस्रो डोजका लागि अनुमति माग्ने भएको छ । कम्पनीका अनुसार १२ महिना भित्र अर्को एउटा डोजले कोरोनाविरुद्धको प्रतिरोधी क्षमतालाई नाटकीय रुपमा बुस्ट गर्नसक्छ । यसले डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट लड्नका लागि पनि मद्दत गर्ने कम्पनीले दाबी गरेको छ । थुप्रै देशमा गरिएको अनुसन्धानमार्फत् पत्ता लागेअनुसार फाइजरको यो खोपले डेल्टा भेरियन्टविरुद्ध बलियो सुरक्षा प्र्रदान गर्न सक्षम छ । यो खतरनाक भेरियन्ट यतिबेला संसारभरी फैलिरहेको छ र अमेरिकामा भेटिइरहेका कोरोनाका बिरामी धेरैजसो… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com