प्रमुख समाचार

सरकार छोडने निर्णय गरेका छैनौँः झलनाथ खनाल

काठमाडौं, वैशाख ३१ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताउनुभएको छ। पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजको छलफलका लागि सोमबार आयोजित पार्टीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो। सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पार्नुभयो। उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलिबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि बताउनुभयो।… पुरा पढौ

विश्वमा चिप उद्योगमा लगानी बढ्दै

वाशिङ्टन डीसी । अमेरिका र यूरोपेली संघ (ईयू) जस्ता महाशक्तिहरूले आगामी पुस्ताको चिप बनाउन झन्डै ८१ अर्ब डलर लगानी खन्याएका छन् । चिप बजारमा चीनको दबदबा सुस्त बनाउन पश्चिमी देशहरूले चिप उद्योगमा लगानीको खोलै बगाइरहेका छन् । अहिले प्रयोगमा आइरहेका भन्दा थप शक्तिशाली माइक्रोप्रोसेसर बनाउन इन्टेल, ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) जस्ता कम्पनीमा लगानीका लागि विश्वभरका सरकारहरूले ३ खर्ब ८० अर्ब डलर छुट्याएका छन् । चिप प्रविधिमा चीनसँग अमेरिकाको प्रतिस्पर्धा जारी रहँदा लगानीको आकार बढ्दै गइरहेको छ । चीन र… पुरा पढौ

राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ, वैशाख ३१ गते । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेस हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ । त्यसअनुरूप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भोलि दिउँसो ३ बजे आयोजना हुने सङ्घीय संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ… पुरा पढौ

गण्डकी सरकारविरुद्ध अल्पकालीन अन्तरिम आदेश, दीर्घकालीन निर्णय गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशको विवादमा अल्कालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले जेठ ८ गतेसम्म मुख्यमन्त्री खगराज अधिकारीलाई काम चलाऊ बनाइदिएको छ । सर्वोच्चले यसअघि पनि खगराजलाई काम चलाउन मुख्यमन्त्री बनाएको थियो । उक्त रिट पछि खारेज भएको थियो । रिट खारेज भएसँगै उनले विश्वासको मत लिएका थिए । उक्त विश्वासको मतमा… पुरा पढौ

जेलबाट निस्किनासाथ केजरीवालले भने- तानाशाहीविरुद्ध लड्नुपर्छ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शुक्रबार साँझ दिल्लीको तिहाड जेलबाट रिहा भएका छन्। सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न अन्तरिम आदेश दिएपछि ५० दिनदेखि तिहाड जेलमा रहेका उनी आज बाहिर निस्किन पाएका हुन्। उनी जेलबाट निस्किँदा ‘जेलको ताला फुटे, केजरीवाल छाडे’ भन्ने नारा लगाउँदै ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए।   रिहा हुनासाथ केजरीवालले भने, ‘मैले छिट्टै आउँछु भनेको थिएँ, म आएँ। सबैभन्दा पहिले म हनुमानजीको चरणमा पूजा गर्न चाहन्छु, हनुमानजीको आशीर्वादले आज म तपाईंहरू सबैको बीचमा छु।’ केजरीवालले थपे, ‘म सबैलाई… पुरा पढौ

पोखरा-२८ स्थित अघौँ मौलाकालिका मन्दिर उत्पत्तिको किंवदन्ती

पोखरा । कास्की जिल्लाभित्रका ऐतिहासिक एवं धार्मिक स्थलमध्येको एक हो अर्घौँ मौलाकालिका मन्दिर । धार्मिक आस्था एवं विश्वासका कारण महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यो मन्दिर १७९२ सालदेखि नै अस्तित्वमा आएको छ । पोखरा महानगरपालिका-२८ मा समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यस मन्दिरको दक्षिणतर्फ पूर्व पश्चिम फैलिएको समथर भूमि र उत्तरतर्फ अन्नपूर्ण हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिनुले पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अर्घौं ठूलाकोट झाँझरमारे भञ्ज्याङमा रहेको यहाँ आउन पृथ्वी राजमार्गको… पुरा पढौ

इजरायललाई बाइडेनको चेतावनी : रफाहमा कारबाही सुरु गरे हतियार आपूर्ति बन्द गर्छौं

वाशिङ्टन डीसी । इजरायलले गाजाको रफाहमा कारबाही सुरु गरेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो चेतावनी दिएका हुन् । ‘इजरायल रफाहमा अगाडि बढ्यो भने हामी रफाह जस्ता सहरहरूमा लड्न उपलब्ध गराइएका हतियारहरूको आपूर्ति बन्द गरिदिनेछौँ’ बाइडेनले भने । इजरायल पूर्ण रूपमा सुरक्षित रहन्छ भन्ने कुरा चाहिँ सुनिश्चित गरिने उनले बताए । अहिलेसम्म अमेरिकाले बारम्बार चेतावनी दिइरहेको भए पनि रफाहमा आक्रमण गर्ने कुरामा इजरायलले जोड दिइरहेको छ । रफाहमा हमासविरुद्ध ठुलो मात्रामा… पुरा पढौ

पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण

पोखरा । पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ । यससँग सम्बन्धित महानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि सुरु गरिएको प्रशिक्षण कार्यक्रम शुक्रवार सम्म चल्नेछ । कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विद्युतीय सेवामा आधारित नागरिक सेवा निकै प्रभावकारी हुने भएकाले घर तथा भवनहरू निर्माणका लागि यस प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । ‘प्रविधिको विकास तिव्रत्तर रूपमा अगाडी बढिरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, समयको गतिसँगै… पुरा पढौ

हिल प्वाइन्ट स्कूल माटेपानीमा नव आगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

पाेखरा । हिल प्वाइन्ट सेकेण्डरी स्कूल माटेपानीले विद्यालयमा प्रवेश गरेका नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षक शिक्षिकालाई एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका विशिष्ट अधिकृत तथा विद्यालय निरिक्षक कृष्ण प्रसाद भण्डारीको उपस्थित थियो । उक्त कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विभिन्न साङ्गितिक तथा प्रतिभा प्रस्तुत गरेका थिए विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा हुने आन्तरिक तथा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्देश्यले सदनविभाजन पनि गरिएको थियो ।  कार्यक्रममा प्रमुख… पुरा पढौ

अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिर थपेका छन्। बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ। अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो। विभागको श्रम तथ्यांक ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ। कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ। जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ। फेब्रुअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ। जुन दुई वर्षको उच्चतम… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com