प्रमुख समाचार

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीकाे मृत्यु

ताप्लेजुङ, ३ असार ताप्लेजुङमा पहिरोमा पुरिएर एकै घरका सासु र बुहारीको मृत्यु भएको छ । सिरीजंगा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारीको मृत्यु भएको प्रहरीले बताएको छ । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएका तुलसा अधिकारी र यशोदा अधिकारीको शव आज बिहान भेटिएको प्रहरीले बताएको छ । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताएका छन् । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ… पुरा पढौ

टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही असार १ गते (१५ जुन २०२२) को बैठकले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि योगदान पु¥याउने विश्वास गरिएको छ । झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी… पुरा पढौ

भारत सरकारद्वारा सेना भर्तीको नयाँ योजना ‘अग्निपथ’ सार्वजनिक

भारतको केन्द्र सरकारले मंगलबार सेनामा भर्तीका लागि ‘अग्निपथ योजना’ ल्याएको छ । भारतीय सेनाका तीनै विभागका प्रमुखले संयुक्त रुपमा सेनामा अल्पकालीन नियुक्तिसम्बन्धी ‘अग्निपथ’ नीति घोषणा गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले अग्निपथ योजनालाई ऐतिहासिक निर्णय बताए । ‘अग्निपथ’ अन्तर्गत युवाले कम्तिमा पनि चार वर्ष सेनामा काम गर्ने अवसर पाउनेछन् । त्यस्तै छनौट भएका चारमध्ये एक युवालाई भने पूर्ण अवधि सेनामा छनौट हुनेछन् ।‘अग्निपथ’ योजनाले रोजगारीको अवसर बढाउने र यसमा सहभागीलाई ‘अग्निवीर’ भनिने रक्षा मन्त्रीले बताए । साथै उनले सेवा अवधिमा… पुरा पढौ

गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ। सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उहाँले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताउनुभयो। उहाँले भन्नुभयो, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरुलाई आश्वास्त तुल्याउन चाहन्छु।” प्रधानमन्त्री देउवाले एनआरएनएले… पुरा पढौ

महँगी नियन्त्रण गर्ने लक्ष्यका साथ अमेरिकामा २८ वर्षयताकै उच्च ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले बढ्दो महँगी नियन्त्रण गर्नको लागि २८ वर्ष यताकै धेरै अर्थात ०.७५ प्रतिशतले व्याज दर वृद्धि गरेको छ । लामो समयमा यो कदमले महँगी घटाउने भए पनि केही महिनाभित्र भने अर्थतन्त्रमा सुस्तता ल्याउने र बेरोजगारी बढाउने प्रक्षेपण गरिएको छ । यसअघि लिइएका कदमले महँगी नियन्त्रणमा न्युन सफलता हासिल भएको पछिल्लो तथ्याकंले देखाएपछि बुधबार फेडले व्याज दर वृद्धिको घोषणा गरेको हो ।अब बैंकबाट ऋण लिँदा महँगो पर्नेछ । अमेरिकी कंग्रेसको मध्यावधि चुनाव नजिकिँदै गर्दा महँगीका कारण राष्ट्रपति… पुरा पढौ

धादिङमा बाढीपहिराले ७५ घरमा क्षति

धादिङ, २ असार बाढी पहिरोबाट धादिङमा ७५ घर परिवार विस्थापित भएका छन् । त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् । गंगाजमुना –६ बसेरीमा अविरल वर्षाका कारण २४ घर विस्थापित भएका छन् । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र सरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गंगाजमुना –६ बुढाथुममा १४, वडा –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घर विस्थापित भएको जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका… पुरा पढौ

आइसिसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

अमेरिका, २ असार आइसिसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७ रन बनाएका थिए… पुरा पढौ

प्रदेशले ल्याए ३ खर्ब ५ अर्ब २२ करोडको बजेट, कुनको कस्तो?

आगामी आर्थिक वर्षको लागि सातवटै प्रदेशले बजेट कार्यक्रम सार्वजनिक गरेका छन्। आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि सातवटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन्। सातवटा प्रदेशले आगामी आवको लागि कुल ३ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ हाराहारीको बजेट ल्याएका हुन्। त्यसमध्ये सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले सार्वजनिक गरेको छ। बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको देखिएको हो। यसको कुल बजेट ३२ अर्ब ६१ अर्ब… पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेनले खाडी मुलुकहरूको भ्रमण गर्ने

अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी महिना खाडी मुलुकहरूको भ्रमणमा जाने हुनुभएको छ । आगामी जुलाई १३ देखि १६ सम्म बाइडेनले पश्चिम एशियाली देशहरूको भ्रमण गर्ने ह्वाइटहाउसले जनाएको छ । साउदी अरबबाट भ्रमण सुरु गर्ने बाइडेनले इजरायल र वेष्ट बैंकको पनि भ्रमण गर्नुहुने भएकाे छ । साउदी भ्रमणका क्रममा त्यहाँका राजकुमार मोहमदबिन सलमानसँग भेटवार्ता गर्नुका साथै एमबीएस बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । सन् २०१८ को अक्टोबरमा साउदी अरबका पत्रकार जमाल खशोगीको टर्कीमा हत्या गरिएपछि अमेरिका र साउदीबीचको सम्बन्धमा चिसोपन… पुरा पढौ

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक बृद्धि

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो । स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) ले बुधबार घोषणा गरेको न्युनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्युनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्युनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो । हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com