प्रमुख समाचार ३

वैशाख १० देखि वैशाख १२ सम्म हिमालय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव

कास्की । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं.७ को उत्तरी भेगमा रहेको हिमालय माविले स्वर्ण महोत्सव मनाउने भएको छ । भिचुक, तोल्का र लान्द्रुक सेवा क्षेत्र भित्र प्राथमिक तह उत्तिर्ण विद्यार्थीहरुको अध्ययनको निम्ति स्थापित विद्यालयले यही वैशाख १०, ११ र १२ गते स्वर्ण महोत्सव मनाउन लागेको हो । यो विद्यालयको स्थापना वि.सं. २०३१ सालमा भएको थियो । यो विद्यालय हिमालय निमावि भिचुक तिर्लुंङ्ग नामले तत्कालिन समयमा लुम्ले गाविस वार्ड ८ तिर्लुङ्गमा स्थापना भएको थियो । शुरुमा कक्षा ४ देखि ७ सम्ममात्र… पुरा पढौ

नेजा स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान

सानफ्रान्सिस्को (क्यालिफोर्निया) । नेपाल अमेरिका पत्रकार संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । यसै क्रममा संघसम्बद्व पत्रकारहरुले सानफ्रान्सिस्कोमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । नेपाली नयाँ वर्षको शुभारम्भको अवसर पारेर नेजा स्थापना दिवस एवं नयाँ वर्षको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो । सो अवसरमा संघका अध्यक्ष सुरज भण्डारीले संघले गरिरहेको गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । संघका कार्यसमिति सदस्य ईश्वरी न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा संघका सल्लाहकार सरोज काफ्ले, क्षेत्रीय संयोजक… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन असार १६ देखि २० गतेसम्म हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ।जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो। बुधबार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताउनुभयो। असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताउनुभयो।उहाँले संगठनको तलबाट माग भए बमोजिम र जिल्ला संगठनबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,… पुरा पढौ

जुत्ता व्यावसायी संघ कास्कीको क्यालेन्डर बिमोचन एवं शुभकामना कार्यक्रम

पोखरा । जुत्ता ब्यबसायी संघ कास्कीले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्किले जुत्ता ब्यबसायीले गरेका विभिन्न ब्यबसायीक हकहितका तथा सामाजिक कार्यक्रमहरूका लागि धन्यवादै दिदै हालै मात्रै नबगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य क्यालेण्डर प्रकाशन समितिका सयोजक तथा संस्थाका सचिव हरि प्रसाद भण्डारीले व्यक्त गरेका थिए भने… पुरा पढौ

इरानले इजरायलमाथि आक्रमण गरेपछि घट्यो बिट्क्वाइनको भाउ

सिंगापुर । विश्व बजारमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेको छ । शनिबार एकै दिनमा बिट्क्वाइनको भाउ ७ दशमलव ७ प्रतिशतले घटेको थियो । यो सन् २०२३ को मार्चयताकै सबैभन्दा ठुलो कमी हो । इरानले इजरायमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि मध्य पूर्वका तनाव थप चर्किने भयबिच क्रिप्टो बजारमा व्यापक सेल अफ देखिएको छ । यस्तोमा सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइन सहितका अन्य प्रमुख क्रिप्टोकरेन्सीको भाउमा पनि कमी आएको थियो । आइतबार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो २ः४८ बजेतिर… पुरा पढौ

चापापानी सिद्वार्थ सहकारीको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा । चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी सस्थाँ पोखरा १२ ले आफ्नो १५ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान तथा निःशुल्क मधुमेह तथा प्रेसर जाच कार्यक्रममा ४६ युनिट रगत सकंलन भएको छ । कार्यक्रमका प्रमुख अतिथी सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले पहिलो रक्तदाता तथा कार्यक्रम संयोजक मनोज कार्कीलाई व्लड व्याग हस्तान्त्रण गर्दे सहकारीले अहिलेको विषम परिस्थितिमा यस्तो पुन्य काम गरेकोमा सहकारीलाई धन्यवाद दिएका थिए । चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी सस्थाँका संरक्षक तथा निर्वतमान अध्यक्ष… पुरा पढौ

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

पोखरा । पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँडाँडामा शुक्रबार देखि योग फेस्टिवल सुरु भएको हो । तीन दिनसम्म चल्ने योग फेस्टिवलमा तीन दर्जन भन्दा बढी विदेशी नागरिकको सहभागिता छ । योग कनेक्शनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार नेपाल र स्पेक्स फोर्टिनले गरेको छ । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं. ११ को सहयोगमा भएको दोस्रो संस्करणको महोत्सव पनि पहिलो संस्करण जस्तै सफल… पुरा पढौ

चार महिनापछि बाइडेन र सीबिच पहिलोपटक संवाद, १ घण्टा ४५ मिनेट लामो छलफल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग मंगलबार टेलिफोन संवाद गरेका छन् । गत नोभेम्बरमा भएको भेटयता दुई नेताबिच संवाद भएको यो पहिलो अवसर हो । दुई देशका अधिकारीहरूले दुई देशबिचको तनाव कम गर्न प्रयास गरिरहेका बेला उनीहरूबिच कुराकानी भएको हो । विश्वका विभिन्न क्षेत्रमा तनाव बढिरहेका बेला दुई नेताबिच भएको कुराकानीलाई महत्त्वका साथ हेरिएको छ । टेलिफोन संवादमा गाजा र युक्रेनमा जारी युद्धका साथै उत्तर कोरियाको परमाणु हतियार परीक्षण लगायतका विषयमा छलफल भएको सीएनएनले जानकारी दिएको… पुरा पढौ

पोखरा १२ द्धारा महिलालाई आत्मनिर्भर बनाउन हस्तकला तालिम

पोखरा । पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयका अध्यक्ष सन्तोष बाँस्तोलाले आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालय थप सहयोग गर्ने जनाएका छन् । महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा प्रमाणपत्र वितरण गर्दा प्रशिक्षार्थीलाई हौस्याउँदै बास्तोलाले थपे तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ । उनले महिला दिदीबहिनीको मागका आधारमा वडा कार्यालयले एक महिने हस्तकलाको तालिम दिइ दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको बताए ।… पुरा पढौ

अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते

इलिनोइस । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो भएको घटनामा घाइतेमध्ये एक जनाको अवस्था नाजुक रहेको रकफोर्ड प्रहरीले जानकारी दिएको हो । मारिनेमा १५ वर्षीया किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय पुरुष र २२ वर्षीय युवक रहेको प्रहरीको भनाई छ । मारिनेमा एक जना हुलाकका कर्मचारी रहेका छन् । घटनाका आरोपित २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com