प्रमुख समाचार २

जङ्गल पार गरेर अमेरिका जानेको संख्या ४ लाख नाघ्यो

पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जङ्गल छ । जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन् । भाग्यवश… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्री बीच शिष्टाचार भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोगपनि यस क्षेत्रमा आवश्यक भएको बताउनुभयो । जिविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उहाँले भन्नुभयो ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीको… पुरा पढौ

आधुनिक चलचित्र भवनको संख्या बढ्दो

काठमाडौं । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् । यसले पनि दर्शकको रोजाइलाई प्रस्ट्याउँछ । प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र… पुरा पढौ

‘निज्जर हत्याको गोप्य जानकारी अमेरिकाले क्यानडालाई दिएको थियो’

न्यूयोर्क । अमेरिकाको न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकाले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्याको बारेमा क्यानडालाई गुप्तचर जानकारी दिएको थियो । न्यूयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै क्यानडाले कसैको कुराकानी सुनेपछि निज्जरको हत्यामा भारतको 'सम्भावित' भूमिका बलियो बनेको दाबी गरेको छ। शनिबार क्यानाडामा रहेका अमेरिकी शीर्ष कूटनीतिज्ञले फाइभ आइज सहयोगीहरू (अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्ड) बीच साझा गरिएको गोप्य जानकारीले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई भारतविरुद्ध आक्रामक आरोप लगाउन बाध्य पारेको पुष्टि गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सोमबार क्यानडाको… पुरा पढौ

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

काठमाडौं, असोज ४ गते । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानुनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको हो । बैठकले नयाँ श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्ने, नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, श्रमिकको हक अधिकार… पुरा पढौ

शशांक र सुजातासामु शेखरको गुनासो : साथ दिएको भए सभापतिमा जित्ने थिएँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी नगरमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै उनले कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दु:ख पाइरहने दाबी गरे। उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्रै भर नपर्ने भन्दै देशभरका… पुरा पढौ

पोखराबाट घनश्यामको चित्रा सुरु

काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ । सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ । फिल्मले एक रिटायर्ड बाबु र… पुरा पढौ

भारतको क्यानडा र चीनको जर्मनीसँग कूटनीतिक तनाव उत्कर्षमा

भारत र क्यानडाबीच कूटनीतिक तनाव चर्किएको छ। एक जना क्यानडेली सिख नेताको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएपछि यो तनाव उत्कर्षमा पुगेको हो। ट्रुडोले भारतमा अलग सिख राज्यको वकालत गरिरहेका हरदीप सिङ निज्जरको हत्यामा भारतको राज्य संलग्न रहेको हुनसक्ने जानकारी संसदलाई गराएका थिए। उनको हत्या १८ जुनमा भएको थियो। क्यानडेली भूमिमा क्यानडेली नागरिकको हत्या अस्वीकार्य रहेको उनको भनाइ थियो। विदेशमन्त्री मेलेनी जोलीले भारतीय कूटनीतिज्ञ पवन कुमारलाई देश निकाला गर्ने घोषणा पनि गरिन्। लगत्तै भारतले ट्रुडोको आरोप… पुरा पढौ

तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए

म्याग्दी । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डो¥याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णन नै गर्न नसकिने बेनी नगरपालिका–२ की ६९ वर्षीया यामकुमारी शर्माले बताइन् । तीज आयो जाउन बाबू… पुरा पढौ

एडिबीका कार्यकारी निर्देशक सुलेमान र महानगर प्रमुख बिच भेटवार्ता

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबिच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ । हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com