काठमाडौं, भदौ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँलाई सफल यात्राको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक नियोगका प्रमुख र नेपाल सरकार विशिष्ट व्यक्तित्व पुग्नुभएको थियो । आगामी असोज ४ गते प्रधानमन्त्री…
पुरा पढौ