Author Archive

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरूमध्ये ११ जना मंसीर १४ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले नेपालखबरलाई बताए। उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थपसमेत गरिसकेको छ। एसपी ढुंगेलका अनुसार मंसीर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल पक्राउ परेका थिए भने हिजो (सोमबार) द्रोण डाँगी पक्राउ… पुरा पढौ

बेलायतमा विदेशी विद्यार्थीलाई परिवार ल्याउन कडाइ

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदम चालिएको घोषण गरेका छन्। प्रधानमन्त्री सुनकको ती नयाँ कदमलाई अध्यागमन दर घटाउने सरकारको कट्टरपन्थी कार्यका रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्‍याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ। नयाँ उपायहरूको शृङ्खलाका रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ। साथै यो कदमबाट दक्ष विदेशी कामदारले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनु पर्ने बाध्यता सिर्जना हुने छ। प्रधानमन्त्री सुनकले भने-… पुरा पढौ

आप्रवासन कडाइ गर्दै बेलायत : न्यूनतम आम्दानी बढाइने, भिसा कसिलो

बेलायतले आप्रवासनमा कडाइ गर्ने भएको छ। यसका लागि नयाँ अध्यागमन नियम ल्याएर आप्रवासनमा कडाइ गर्न लागेको हो। बेलायती होम सेक्रेटरी जेम्स क्लेभर्लीले नयाँ योजना घोषणा गर्दै आप्रवासन स्तर कटौती र अध्यागमन प्रणालीको दुरुपयोग रोक्ने बताएका हुन्। नयाँ नियमले डिपेन्डेन्टका रुपमा बेलायत आउने संख्यालाई असर गर्ने देखिएको छ। सरकारले आप्रवासन कडाइ गर्न न्यूनतम तलब समेत बढाउने भएको छ। योसँगै विदेशी कामदार र बेलायती वा त्यहाँ बस्नेहरुले प्रायोजन गर्ने पारिवारिक सदस्यले उक्त मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ। यसले अध्यागमन प्रणालीको दुरुपयोग रोक्ने… पुरा पढौ

माथिल्लो मुगुको रारा क्षेत्रमा हिमपात, बागलुङ र पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

मुगु/बाग्लुङ । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरूवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न शुरू गरेको हो । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरू भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न शुरू भएको र चिसो असाध्यै बढेको छ । रारा घुम्न आएका… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौँ, मङ्सिर १८ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि(मङ्गलवार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले पार्टी महाधिवेशनका लागि पूर्व निर्धारित मिति (माघ १४–१८)मा गर्नका लागि देशको अवस्था र… पुरा पढौ

राजस्थान, तेलंगाना, मध्यप्रदेश र छत्तीसगढको यस्तो छ अन्तिम परिणाम

नयाँ दिल्ली । छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्य कांग्रेसको हातमा पुगेको छ । छत्तीसगढमा सत्तारुढ दल कांग्रेसलाई पछि पार्दै भाजपाले ५४ सिट जितेको छ । राजस्थानमा पनि भाजपाले कांग्रेसलाई पराजित गरेको छ । जहाँ भाजपाले १ सय १५ सिट र कांग्रेसले ६९ सिट पाएको छ । मध्य प्रदेशमा भाजपाले फेरि सरकार कायम राख्न सफल भएको छ । पार्टीले १६३ सिट जित्यो। जबकि… पुरा पढौ

आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुवान एक्लै लड्नु पर्ने बताएका छन् । आज बुटवल सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै थापाले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने ?सधैँ सोफामा बस्नु पर्ने हो र ? केही समय चकटीमा बसे पनि केही हुँदैन ।’ उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै… पुरा पढौ

देशको विकास एमालेले मात्र गर्न सक्छ : अध्यक्ष ओली

मंगलसेन, मंसिर १६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उहाँले टिप्पणी गर्नुभयो । नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी उहाँले गर्नुभयो ।… पुरा पढौ

निर्देशक लामिछाने भन्छन्– ‘चित्रा’ अरु फिल्म भन्दा फरक 

फिल्ममा निर्देशक के हो ? मिडिया कुराकानीका लागि तयार भएका निर्देशक घनश्याम लामिछाने केही समय सोचमग्न भए । यसपछि भने–‘कथालाई दृश्य निर्माण गरेर कथा भन्ने बाचक हो ।’ उत्तर जति छोटो छ, त्यसलाई पर्दामा रुपान्तरण गर्ने यात्रा उति नै कठिन पनि । उनको चाहना सँधै कथा पर्दामा नमरोस् भन्ने हुन्छ । उनी अर्काे निर्देशकमा के खोज्छन् होला ? त्यसको उत्तर पनि लामो दिएनन् उनले । भने–‘प्रस्तुतिलाई हेर्छु, कति गहिराइमा पुगेर विषयवस्तुको प्रस्तुति दिएको छ भनेर याद गर्छु ।’ पुस २७… पुरा पढौ

‘चित्रा’ को फस्टलुक पोस्टर सार्वजनिक

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले छुट्टाछुट्टै तीन पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोश्रो पोष्टरमा फिल्मका मुख्य तीन अभिनेत्रीहरु शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै अभिनेताहरु अर्पण, प्रमोद र सन्तोषलाई देख्न सकिन्छ । पोस्टरमा शुभेक्षा र अन्जना मुस्कुराइरहेका छन् भने सन्तोष, अर्पण, प्रमोद र मेनुका गम्भीर भावमा छन् ।… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com