हेमजा उद्मोग व्यवसाय समितिको रक्तदान कार्यक्रम


     नेपालय न्युज,     
     भदौ १३ गते २०८१


पोखरा । पोखराको हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरेको छ । हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजिक कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न.२५ हेमजा कार्यवाहक अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्मोगका अध्यक्ष मीनराज तिम्सिनालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम गरिन् । रक्तदानले परोपकार मात्र होइन, दातालाई स्वास्थ्य लाभ पनि हने उनको भनाइ थियो ।

कार्यक्रममा सल्लाहकार विश्वराज अधिकारी, सामुदायिक प्रहरी एवं सेवा केन्द्र हेमजाका उपाध्यक्ष देवि अधिकारी,लायन्स क्लब अफ हेमजा पोखराका अध्यक्ष सन्तमान क्षेष्ठ, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाख सहसचिव कृष्णबहादुर थापा साथै रक्त सञ्चार केन्द्रका कार्यालय प्रमुख महेश के.सी लगाएतले बोलेका थिए । हेमजा उद्मोग व्यवसाय समितिका अध्यक्ष मीनराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष सुशीला बास्तोलाले र सञ्चालन महसचिव राजेन्द्रप्रसाद बास्तोलाले गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com