पोखराको मालेपाटनमा तीज गीत र महिला खेलकुद हुने


     नेपालय न्युज,     
     भदौ १२ गते २०८१


पोखरा । नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा पोखराको मालेपाटनमा तीज गीत तथा महिला खेलकुद प्रतियोगिता हुने भएको छ ।

सूर्यचन्द्र विकास समाजले हरेक वर्ष तीजको अवसरमा कार्यक्रम गर्दै आएको छ । आगामी भदौ १७ गतेदेखि २१ गतेसम्म उक्त कार्यक्रम गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।दशौं संस्करणको तीज गीत तथा खेलकुद प्रतियोगतामा महिला श्रष्टा सम्मान र मनोरञ्जनात्मक कार्यत्रलम पनि राखिएको संस्थाका सचिव तथा प्रचार प्रसार उपसमिति संयोजक हेमराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार खेलकुदमा मावि स्तरीय छात्रा भलिबल प्रतियोगिता हुनेछ भने विजेतालाई २५ हजार र उपविजेतालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । खेलकुद १७ देखि १९ गतेसम्म सञ्चलन हुनेछ । तीज गीत र खेलकुद वाराही माविको खेल मैदानमा सञ्चालन हुनेछ । तीज गीत प्रतियोगिता भदौ २१ गते हुनेछ भने प्रथम पुरस्कार ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना पुरस्कार १० हजार राखिएको संस्थाका अध्यक्ष कमला गौतमले जानकारी दिइन् ।

९ लाख ९१ हजार बजेट अनुमान गरिएको कार्यक्रममा समाजसेवा, शिक्षा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने महिला मध्येबाट एक जनालाई सम्मान गरिने गौतमले बताइन् । उनका अुनसार कार्यक्रममा  स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट सांगीतिक प्रस्तुति रहनेछ । कार्यक्रमलाई सम्पन्न गर्न १३ वटा उपसमिति समेत गठन गरिएको छ । २०५१ सालमा स्थापना भएको संस्थाले संस्कृतिकको संरक्षण, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्दै आएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com