‘सेल्टरदाता’ मानकुमारी जिसीको निधन


     नेपालय न्युज,     
     साउन २८ गते २०८१


भूमिगत कालको कम्युनिष्ट आन्दोलनका बेला सेल्टरदाताको रुपमा परिचित तथा पोखरा महानगरपालिकाका संस्थापक मेयर मानबहादुर जिसीकी आमा मानकुमारी जिसीको निधन भएको छ ।

९१ वर्र्षीय जिसीको पोखरा महानगरपालिका वडा नम्बर २८ देउमाणीस्थित आफ्नै घरमा आइतबार साँझ निधन भएको हो । उहाँको सोमबार पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । भूमिगत कालमा कम्युनिष्ट आन्दोलनमा होमिएका नेताहरुको संरक्षणमा सक्रिय भएर सेल्टरदाताको परिचय बनाएकी मानकुमारीको निधनप्रति नेकपा एमाले कास्कीले दुःख व्यक्त गरेको छ । उहाँलाई आज नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।

नेकपा एमालेका नेताहरु किरण गुरुङ, खगराज अधिकारी, कृष्ण थापा, पोखरा महहानगरपालिका उपयमेर तथा एमाले नेत्री मञ्जुदेवी गुरुङ, नेता डिबी नेपाली एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवन आचार्य लगायत एमालेका नेता, कार्यकर्ताहरु अन्त्येष्टिमा सहभागी भएका थिए ।

त्यसैगरी नेपाली कांग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा, कृष्ण केसी लगायत नेता कार्यकर्ता, नेकपा माओवादी केन्द्र लगायत अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, जिसीका आफन्त, इष्टमित्र, कुलकुटुम्ब र शुभचिन्तक शवयात्रासहित उहाँको अन्त्येष्टिमा सहभागी भएका थिए ।

स्वर्गीय जिसीका श्रीमान नरबहादुर, जेठा छोरा मानबहादुर, माइला सूर्यबहादुर, साइला कृष्णबहादुर र कान्छा रामबहादुर र एक छोरी तीर्थकुमारी बराल छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com