बुद्ध बिशाल बजारका जन्मदाता शेरचन


     नेपालय न्युज,     
     साउन २७ गते २०८१


पोखरामा हर्कबहादुर शेरचन भन्नासाथ मान्छेहरु बुद्ध बिशाल बजार लाई सम्झने गर्दछ्न ।

बि स २०४१ साल मा निर्माण भएको पोखराको पहिलो बिशाल बजारको रेखदेख र ब्यवस्थापन गर्ने कार्यमा नै समय खर्च गर्छन संचालक हर्कबहादुर । बास्तवमा पोखराको बुद्ध बिशाल बजार पोखराको गहना नै छ । महेन्द्रपुल र चिप्लेढुङ्गा लाई ब्यापारिक केन्द्र बनाउन यो ठाउले महत्त्वपूर्ण भूमिका खेलेको छ । यहाँले बुद्ध विशाल बजार बनाउने प्रेरणा कसरी पाउनु भयो भन्ने प्रश्नको उत्तर मा शेरचनको जवाफ थियो ,, म २०३५ सालमा हङकङ घुम्न गएको थिए । भब्य ब्यापारिक महलहरु त्यहा देखेपछि पोखरामा पनि यस्तै भवन बनाउन पाए हुन्थ्यो भन्ने बिचार मनमा आयो । पोखरामा आए पछि जग्गा खोज्ने धुनमा लाग्यौं । महेन्द्रपुलको ४ रोपनी जग्गा १२ लाख मा किने पछि इ चन्द्रप्रसाद काफ्लेलाई भवनको नक्सा बनाउन लगायौ । मामा नन्द प्रसाद भट्टचनले यो अभियानमा आफू लाई पनि साझेदार बनाउन आग्रह गरेकाले मलाई सजिलो भयो । करिब ६ महिनामानै ६० कवालको पहिलो तला बन्यो । कतिपय आफन्तले यिनीहरू बिग्रने भए भनेर पीर माने  हामीले हिम्मत हारेनौ । भाडा सस्तो भएकाले ब्यापारीहरु आए  हामी हौसिएर पछि ३ रोपनी जग्गा थपेर थप ५५ वटा सटर बनायौ । यस मध्य धैर्रे सटर बिक्री पनि गरियो ।

बुद्ध बिशाल बजार

मेहनती र इमान्दार ब्यक्तिका रूपमा परिचित हर्कबहादुरको जन्म बि स २००२ साल मार्ग २३ गते कास्कीको बिरेठाटीमा भयको हो ।उनले सामान्य शिक्षा हासिल गरे पछि पोखराको बागबजारमा २०२६ सालबाट ब्यापार गर्न शुरु गरे । बुद्ध बिशाल बजार बनाए पछि यसैको ब्यवस्थापनमा लागि परे । जुन बेला उनले यो बिशालबजार बनाए त्यसै बेला गाडी या सवारी साधन निकै कम थिए । अहिले जस्तो सवारी साधन को चाप हुने थाहा पाएको भए पार्किङका लागि ब्यवस्था गरिन्थ्यो ।उनले ती पुराना दिन सम्झदै भने । बि स २०२० सालमा शान्ति भट्टचन सङ बैवाहिक सम्बन्धमा बाधिएका शेरचनका २ छोरा र ३ छोरी छन । हाल पोखरा कोसभागृहचोकमा बसोबास गरिरहेका हर्कबहादुरले हकङका अलवा बेलायत ,चीन, थाइल्यान्ड , दुवइ, मलेसिया , सिङापुर आदि देश घुमेका छन ।

प्रस्तुती- रविन्द्र माकाजु 

WP2Social Auto Publish Powered By : XYZScripts.com