पोखराको हिल प्वाइन्टमा फाइन आर्ट अध्ययन गरेका बिद्यार्थीलाई रोजगारीको ग्यारेन्टि


     नेपालय न्युज,     
     साउन २० गते २०८१


पोखरा ।

नेपालमा सिपमुलक र व्यवसायिक शिक्षा नहुँदा स्नातकोत्तर अध्ययन गरेर पनि बेरोजगार हुने समस्या बढेका वेला पोखराको हिल प्वाइन्ट स्कुलमा भने ललित कला(फाइन आर्ट) कोर्ष अध्ययन गरेका बिद्यार्थीले रोजगारको कुनै चिन्त्ता लिनु पदैन् । प्लस टु मा उक्त कोर्ष पूरा गर्ने बिद्यार्थीहरुले रोजगारको अवसर प्राप्त गरेको बिद्यालयका प्रिन्सिपल दीवाकर जैसीले बताउनु भयो ।


२०७३ साल देखि पोखरामा धेरै सम्भावना देखेर उक्त कोर्ष सुरु गरेसंगै बिद्यालयमा अध्ययन गरेका अधिकांश बिद्यार्थीहरु स्वरोजगार देखि रोजगारको अवसर प्राप्त गरेको उहाँले दाबी गर्नु भयो । उक्त कोर्ष पूरा गरे लगत्तै बजारमा धेरै माग भएकोले कुनै पनि बिद्यार्थीहरु बेरोजगार बस्न नपर्ने रोजगारको ग्यारेन्टि नै हुने बिद्यालयले पोखराक्लिक समक्ष दाबी गरेको छ ।
गण्डकी प्रदेशमा पहिलो पटक ललित कला(फाइन आर्ट) कोर्ष बढाई हुदै आएको पोखराको हिल प्वाइन्ट स्कुलबाट हालसम्म १ सय ९० जना बिद्यार्थीहरु उत्र्रिण भएको प्रिन्सिपल जैशीले जनाउनु भयो । एसईई उत्र्रिण पश्चात आफ्नो रुचिको बिषयको रुपमा रहेको ललित कला कोर्ष पूरा गरेका केही व्याचलर गर्न काठमाण्डौं त केही विदेशमा समेत जानु भएको उहाँले जनाउनु भयो ।

प्रिन्सिपल दीवाकर जैसी

ललित कलाको व्याचलर गर्न भने काठमाण्डौं जानुपर्ने बाध्यता रहेको छ । ललित कला बढेर के गर्ने यसमा भविश्य छैन भन्नेहरु तर्कि रहदा यसको महत्व बुझेर पढ्न आएकाहरुले यस क्षेत्रमा भविश्य देख्न थाल्नु भएको छ । बिद्यार्थीहरुले अध्यय तथा प्रशिक्षणको क्रममा निर्माण गरेका कला कृतिहरुलाई उचित मुल्यमा बिक्रि वितरण गर्न सके बिद्यार्थीहरुलाई कम्तिमा रंग रोगन खरिद गर्ने रकम जोहो गर्न सकिने प्रिन्सिपल जैशीले पोखराक्लिकलाई बताउनु भयो । आफुले अपेक्षा गरे अनुरुप यस बिषयमा अध्यय गर्न आउने सङख्या घट्दो रुपमा रहेकोले यस बिषयको व्यापक प्रचार प्रसार तथा महत्व बुझाउनु पर्ने बिद्यालयले जनाएको छ । कास्कीको सिग्लेसबाट किरण गुरुङले उक्त स्कुलमा प्लस टु अन्र्तगत ललित कला बिषयमा अध्ययन गर्दैछन् ।


सानै उमेर देखि कलामा रुचि राखेका उनको परिवारले साथ दिदा इच्छा अनुसारको प्लस टुमा अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन् । अग्रज दाई दिदीबाट थप प्रेरणा पाएका उनीले यस क्षेत्रमा राम्रो सम्भावना रहेको दाबी गर्नु भयो । आफ्नै केही साथी र आफन्तले भने यस क्षेत्रमा स्कोप छैन भन्ने गरेको उहाँले स्मरण समेत गर्नु भयोे । उक्त बिद्यालयको अभियानमा कलाकार बाबुराम बस्ताकोटी, सरेन्द्र अधिकारी, सुदिन श्रेष्ठ र अर्जुन खत्रीले अध्यायापन गर्दै आउनु भएको छ । प्रभु बैंकले बिद्यार्थीहरुको हौसला स्वरुप उनीहरुले निर्माण गरेका कलाकृती खरिद गर्न चासो देखाएको छ । बिद्यार्थीहरुको न्यूनतम खर्च व्यबस्थापनमा सहयोग पुग्ने उद्धेश्यले प्रभु बैंकले केही चित कला कृतिहरु खरिद गर्ने भएको बैंकका सन्तोष अधिकारीले बताउनु भयो ।

प्रकृतिले सजिएको सुन्दर शहर पोखरा कला र संस्कृतिको लागि पनि प्रसिद्व भएकोले उहाँ कला बिषय अध्ययन गर्न प्रदेशका अधिकांश जिल्लाबाट सहभागि भएको बिद्यालयले जनाएको छ । साहित्य, संगित, अभिनय र चित्रकारिताको क्षेत्रमा देशभर नाम चलेका प्रतिभा जन्माउने थलो पोखरामा यस बिषयले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । कलाप्रतिको वड्दो आर्कषणलाई पुरा गर्न माटेपानीको हिल प्वाईन्ट माविले ललित कलामा दश जोड दुईको पढाई शुरु गरेसंगै हाल १५ जना मात्र बिद्यार्थीहरु उक्त कोर्ष अध्ययनरत छन् । कुनै पनि क्षेत्रमा वसोवास गर्ने गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई ललितकला अध्ययनमा विशेष छुट दिइने प्रिन्सिपल जैशीेले जनाउनु भयो । यस बिषयको सुरुवातमा भने बिद्यालयमा ३४ जना बिद्यार्थीहरु अध्ययन गर्नु भएको थियो ।

पोखराको माउण्ट अन्नपूर्ण मावि सबै भन्दा पहिलो पोखराको निजी बिद्यालय हो भने हिल प्वाइन्ट स्कुल दोश्रो पटक स्थापना भएको थियो । बिद्यालयमा हाल ललित कला सहित बिद्यान, व्यबस्थापन र मानविकी कोर्षको पढाई हुने गरेको छ । बिद्यालयमा हाल ६ सय ६५ जना बिद्यार्थीहरु रहेका छन भने शिक्षक तथा कर्मचारी गरी ५२ जना रहनु भएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com