मनाेहरि पाैडेल
पाेखरा ।
जुत्ता ब्यबसायी संघ कास्कीले व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण दिएको छ ।
संघले कर नीति, उद्योगी तथा व्यवसायीहरूले गर्नुपर्ने कार्य, हिसाब–किताब कसरी राख्ने, व्यवसायीहरूलाई पर्ने समस्या समाधानका उपाय लगायतका बारेमा प्रशिक्षण दिएको हो ।
व्यवसायीहरूको मागअनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अग्रज ब्यबसायी तथा उधोगी देबराज खडका कर प्रशिक्षक आन्तरिक राजस्व कार्यालय कास्कीका कर अधिकृत ठाकुर प्रसाद सुबेदी मोटिभेटर शंकर पोखरेल सस्थापक अध्यक्ष पवित्र वहादुर नेपाली तथा पुर्ब अध्यक्ष एबम सल्लाहकार कानुनी सल्लाहकार कार्यक्रम संयोजक कार्यसमितिका पदाधिकारी एबम साधारण सदस्यहरु लगायत उपस्थित रहेकाे थियो ।