एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता

-


     नेपालय न्युज    
     असार २० गते २०८१


काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।

बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना मन्त्री बनेका थिए।

WP2Social Auto Publish Powered By : XYZScripts.com