चुनावी अभियानको रकम सङ्कलनमा बाइडेनमाथि ट्रम्प भारी

-


     नेपालय न्युज    
     असार २० गते २०८१


वासिङ्टन डीसी । गएको हप्ता अमेरिकामा राष्ट्रपति निर्वाचनको पहिलो बहस भएको थियो । सो बहसमा वर्तमान राष्ट्रपति जो बाइडेनमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निकै भारी देखिए । अब फेरि अर्को कुरामा पनि ट्रम्पले बाइडेनलाई उछिनेका छन् ।

ट्रम्पको चुनाव प्रचार प्रसार अभियान टोलीले यस वर्षको दोस्रो त्रैमासमा बाइडेनको भन्दा ६ करोड ७० लाख डलर बढी रकम जुटाएको छ । अप्रिल–जुन त्रैमासमा ट्रम्पको टोलीले ३३ करोड १० लाख डलर उठाउन सक्यो । सोही अवधिमा बाइडेनको टोलीले २६ करोड ४० लाख डलर मात्रै जुटायो ।

बहसमा खराब प्रदर्शनको नतिजा
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट जो बाइडेन सम्भावित उम्मेदवार हुन् । छिट्टै दुवै पक्षको सम्मेलनमा ट्रम्प र बाइडेनको नाम टुङ्गो लाग्न सक्छ ।

एट्लान्टामा भएको पहिलो बहसले रकम सङ्कलन अभियानमा निकै असर गरेको देखिएको छ । बहसपछि ट्रम्पको टोलीले १२ करोड ७० लाख डलर उठाउन सफल भएको छ । तर बाइडेनको टोलीले मात्र ३ करोड ८० लाख डलर मात्रै उठाउन सक्यो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com