भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त

-


     नेपालय न्युज    
     जेठ २५ गते २०८१


भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।

राष्ट्रपतिसँग भेटपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ शुक्रबार एनडीए नेताहरूले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । राष्ट्रपतिलाई बुझाएको पत्रमा नरेन्द्र मोदी संसदीय दलको नेतामा निर्वाचित भएको उल्लेख गरिएको छ ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com