बुद्व विशाल बजारका व्यवसायीलाई एन.आर.एलमा स्वास्थ्य परिक्षण गर्दा ३५ प्रतिशत छुट पाउने

-


     नेपालय न्युज    
     जेठ १७ गते २०८१


पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ महेन्द्रपुलमा आवद्ध सदस्यलाई पोखरा न्युरोडमा रहेको एन.आर.एलमा विशेष छुट दिइने भएको छ ।

पोखराको न्युरोडमा रहेको एन.आर.एलमा हुने कुनैपनि किसिमको ल्याब सम्बन्धि चेकजांचमा एशोसियसनमा आवद्ध सदस्यहरुलाई ३५ प्रतिशत छुट दिइने भएको हो । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष वुद्वि वहादुर कुँवर र एन.आर.एल पोखराकी मार्केटिङ मेनेजर समिता आचार्य विच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त कार्यको सुरुवात गरिएको हो ।

सो अवसरमा वोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले एन.आर.एल संगको सहकार्यले विशाल बजारका व्यवसायी साथीहरूलाई बाहिर गर्नुपर्ने महंगा जाँच र नियमित स्वास्थ्य परीक्षणमा सहज हुने बताए । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष वुद्वि वहादुर कुँवरले एन.आर.एल संगको सहकार्यले विशाल बजारका व्यवसायी साथीहरूलाई स्वास्थ्य परिक्षणमा थोरै भए पनि राहत पुग्ने भएकोले एशोसियसनले पहल गरेको बताए ।

एन आर एलकी मार्केटिङ मेनेजर समिता आचार्यले बुद्व विशाल बजार व्यापारिक एशोसियसनमा आवद्ध सदस्यहरुले यो सम्झौताबाट कुनैपनि ल्याव सम्बन्धि चेक जांचमा ३५ प्रतिशत छुट पाउने वताईन् । एन आर एलमा हाल रगत, दिसा, पिसाव, खकार, विर्य, मधुमेह, थाइराइड, मृगौला, कलेजो, वोसोको मात्रा, हर्मन, इन्जाइन, भिटामिन, लगायत सम्पूर्ण शरिरको तत्वहरुको परिक्षण गराउदै आइरहेको समेत मार्केटिङ मेनेजर आचार्यले बताईन् । बुद्व विशाल बजार व्यापारिक एशोसियसनमा हाल १ सय ८० सदस्य आवद्ध रहेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com