साईकल सिटी पोखरामा नयाँ नेतृत्व

-


     नेपालय न्युज    
     जेठ ११ गते २०८१


जेठ ११ पोखरा ।

साईकल सिटी पोखराको ११ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले श्याम कृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितीसर्वसम्मत चयन गरेको छ।

समितीको उपाध्यक्षमा दीपक कार्की सचिवमा रामचन्द भट्ट कोषाध्यक्षमा राम नारायण श्रेष्ठ सह-सचिवमा विश्व कु. बिजुक्छे चयनभएका छन् । सदस्यहरुमा हिरा धले, राजीव मुल्मी, झम्पल- लुन्डुप, रुद्र बहादुर गुरुङ, मान ब. क्षेत्री रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथी घरपोजोङ, गाँउँपालिका अध्यक्ष मोहन सिंह लालचन तथा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्रमर्सानीले स्वास्थ्य वातावरण र पर्यटनको क्षेत्रमा साईकन सिटीलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहाकार प्रकाश बजाचार्य, निरज थापा, श्याम कृष्ण श्रेष्ठ लगायतले बोलेका थिए । साईकल सिटीकाका.बा अध्यक्ष जय बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष दीपक कार्कीले प्रस्तुत गर्नुेभएको कोषाध्यक्षकोआथिक प्रतिवेदन सभाले पारित गरेको थियो । कार्यकममा स्वागत मन्तब्य प्रकास बजाचार्य र कार्यकम सन्चालन साईकल सिटीकाकोषाध्यक्ष दीपक कार्कीले गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com