अमेजनले फ्रान्समा १.३ बिलियन डलर लगानी गर्ने

-


     नेपालय न्युज    
     जेठ ३ गते २०८१


अमेरिका । अमेरिकी ई-कमर्श कम्पनी अमेजनले फ्रान्समा १.३ बिलियन डलर लगानी गर्ने भएको छ ।

अमेजनले सन् २०१० देखि फ्रान्समा २० बिलियन यूरोभन्दा बढी लगानी गरेको छ । कम्पनीले यसको क्लाउड र अनलाइन खुद्रा व्यवसायमा गरी २२ हजार जनाभन्दा बढीलाई रोजगार दिएको छ ।

अमेजन, जीएसके, एसेनचरलगायत कम्पनीले सोमवारबाट शुरु हुने देशको वार्षिक ‘चुज फ्रान्स’ कार्यक्रममा अर्बौं लगानीको घोषणा गर्ने फ्रान्सेली राष्ट्रपतिले बताए।

यसबाट थप २ हजार जनाले जागिर पाउने अमेजन फ्रान्सका कन्ट्री म्यानेजर फ्रेडरिक डुभालले बताए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com