हिल प्वाइन्ट स्कूल माटेपानीमा नव आगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

-


     नेपालय न्युज    
     वैशाख २७ गते २०८१


पाेखरा ।
हिल प्वाइन्ट सेकेण्डरी स्कूल माटेपानीले विद्यालयमा प्रवेश गरेका नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षक शिक्षिकालाई एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका विशिष्ट अधिकृत तथा विद्यालय निरिक्षक कृष्ण प्रसाद भण्डारीको उपस्थित थियो । उक्त कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विभिन्न साङ्गितिक तथा प्रतिभा प्रस्तुत गरेका थिए विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा हुने आन्तरिक तथा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्देश्यले सदनविभाजन पनि गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथिद्वारा नव आगन्तुक विद्यार्थीहरुलाई उनीहरुको रोजाइको विद्यालय यस क्षेत्रको उत्कृष्ट विद्यालय भएको भन्दै शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्राचार्यका तर्फबाट नवआगन्तुक विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरी न्यानो स्वागत गर्नुभएको थियो ।
प्राचार्यद्वारा नवनियुक्त विभिन्न तहमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई खादा र अविरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयले विभिन्न तहका विद्यार्थीहरुलाई आन्तरिक कार्यक्रम सहजकर्ताका रुपमा छनौट गरी सपथ ग्रहण गराउनु भएको थियो । विद्यालयका गणित विभाग प्रमुख कमल घिमिरेले स्वागत मन्तव्यबाट प्रारम्भ भएको  कार्यक्रममा सह प्राचार्य गंगाराम पौडेलले शुभकामना मन्तव्य दिनुभएको थियो । शिक्षक नेत्रनारायण शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुको सदन विभाजन गरी नामवली समेत वाचन गरिएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com