पोखरा १२ बासीलाई युआरएलमा ३० प्रतिशत छुट

-


     नेपालय न्युज    
     वैशाख ४ गते २०८१


पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ का बासिन्दाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का सबै सेवामा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त रेफरेन्स ल्याब हो ।
छुटसम्बन्धी सम्झौतामा वडाबासीको तर्फबाट वडाध्यक्ष सन्तोष बास्तोला र युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सोमबार हस्ताक्षर छन् । गएको शनिबारदेखि लागू भएको छुट सम्झौता २०८३ चैत मसान्तसम्म लागू हुनेछ । वडाध्यक्ष बास्तोला स्थानीयलाई सहज तवरले प्रयोगशाला सेवा दिन सम्झौता गरिएको बताउँछन् । पछिल्लो जनगणनाअनुसार पोखरा १२ को जनसंख्या १२ हजार ७ सय १० छ ।
‘हामी पोखरा १२ का बासिन्दालाई स्थानीय सरकारको आभास दिने गरी काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘केही दिनअघि ज्येष्ठ नागरिकलाई सित्तैमा स्वास्थ्य सेवा दिन शिविर आयोजना ग¥यौं । यो सम्झौताले सरकारी र निजी अस्पतालमा नहुने र बाहिर गर्नुपर्ने महंगा जाँच र नियमित स्वास्थ्य परीक्षण गरिरहने वडावासीलाई सहज हुनेछ ।’ चाँडै सरकारी स्कुलमा छोराछोरी पढाउने अभिभावकको बिमा वडा कार्यालय नै गरिदिने योजना ल्याउने उनको भनाइ छ ।
युआरएलले अहिलेसम्म एक सय चार संघ, संस्थासँग छुटसम्बन्धी सम्झौता गरिसकेको छ । युआरएल अध्यक्ष पन्तले प्रधान कार्यालयसहित सबै शाखाबाट पोखरा १२ का बासिन्दाले छुट पाउने जनाए । ‘युआरएलको हस्पिटलचोक शाखा पोखरा १२ मै छ । पोखरेलीलाई सहज र सुलभ तवरले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सेवा दिन स्थानीय सरकारसँग सहकार्य गरेका हौँ,’ उनले भने ।
युआरएलले आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी एक सय ६७वटा स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । यी शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् । युआरएलले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिइरहेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com