जुत्ता व्यावसायी संघ कास्कीको क्यालेन्डर बिमोचन एवं शुभकामना कार्यक्रम

-


     नेपालय न्युज    
     वैशाख ४ गते २०८१


पोखरा ।
जुत्ता ब्यबसायी संघ कास्कीले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्किले जुत्ता ब्यबसायीले गरेका विभिन्न ब्यबसायीक हकहितका तथा सामाजिक कार्यक्रमहरूका लागि धन्यवादै दिदै हालै मात्रै नबगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य क्यालेण्डर प्रकाशन समितिका सयोजक तथा संस्थाका सचिव हरि प्रसाद भण्डारीले व्यक्त गरेका थिए भने कार्यक्रम सन्चालन सस्थाका महासचिव मुक्त्ति प्रसाद पनेरूले गरेका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्णले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com