चापापानी सिद्वार्थ सहकारीको रक्तदानमा ४६ युनिट रगत संकलन

-


     नेपालय न्युज    
     चैत्र २४ गते २०८०


पोखरा ।
चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी सस्थाँ पोखरा १२ ले आफ्नो १५ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान तथा निःशुल्क मधुमेह तथा प्रेसर जाच कार्यक्रममा ४६ युनिट रगत सकंलन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले पहिलो रक्तदाता तथा कार्यक्रम संयोजक मनोज कार्कीलाई व्लड व्याग हस्तान्त्रण गर्दे सहकारीले अहिलेको विषम परिस्थितिमा यस्तो पुन्य काम गरेकोमा सहकारीलाई धन्यवाद दिएका थिए ।
चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी सस्थाँका संरक्षक तथा निर्वतमान अध्यक्ष नरेश बहादुर कार्कीले सहकारीले विभिन्न समयमा सामाजिक उतरदाहित्वका कामहरु गरिरहेको बताउदै यस्तो पुन्य काम सहकारीले गर्न पाएकोमा संस्था प्रति गर्व लागेको बताए ।
सहकारीका अध्यक्ष दिपक कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरापत्र राष्ट्रिय दैनिकका कार्याकारी सम्पादक शोभाकान्त सिग्देल रक्त संचार केन्द्र पोखराकी प्राविधिक यमुना केसी लगाएते बोलेका थिए । सहकारीका उपाध्यक्ष श्याम प्रसाद साँखीले स्वागत मन्तव्य राखेका थिए भने सहकारीका सचिव ईन्दिरा भण्डारी कोइरालाले कार्यक्रम सन्चालन गरेकी थिइन भने उक्त कार्यक्रममा सहकारीकी व्यवस्थापक करूणा शाहीले सहकारीका सात सिद्वान्त बाचन गरेकी थिईन् । कार्यक्रममा १६५ जनाले मधुमेह तथा प्रेसर जाच गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com