बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न

-


     नेपालय न्युज    
     चैत्र २४ गते २०८०


पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच सातौ आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
पाँच टिम सहभागी रहेको फुटसल प्रतियोगितामा राजेश खाँडको टिम प्रथम हुदै नगद चौविस हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अकित श्रेष्ठको टिम द्वितीय हुदै नगद सोहृ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उत्कृष्ट खेलाडीको उपाधि सुमन तामाङले प्राप्त गरेका थिए ।
यस अघि कार्यक्रमको उद्वघाटन गर्दे प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद प्रकाश बरालले व्यवसायी साथीहरूका विच आपसी भाइचाराको सम्वन्धले यस्ता कार्यक्रम आयोजना हुनाले व्यवसायी विच सुमुधुर सम्वन्ध हुने वताउदै बरालले व्यवसायीका समस्या समाधान गर्न आफु प्रतिवद्व रहेको बताए ।
कार्यक्रममा नेपाली फुटबल महिला राष्ट्रिय टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालमा फुटवल खेलको भविश्य उज्वल रहेको बताउदै आफुलाई बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले जुन सममान गरेको छ त्यस प्रति आभार व्यक्त गरेका थिए ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितीका संयोजक केशवबहादुर खत्रीले व्यवसायीका हक हितको लागि आफु सदैव लड्ने बताउदै व्यवसायी साथीहरुले पनि आफ्नो काम कर्तव्य केहो भनि कर्मथलोमा कार्य गर्न सुझाव दिएका थिए ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धि वहादुर कुवँरले स्वागत मन्तव्य राखेका थिए सन्चालन एशोसियसनका सचिव थमन गुरुङले गरेका थिए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले प्रकाशन गरेको २०८१ सालको क्यालेयडर समेत विमोचन गरिएको थियो ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com