चीनले अमेरिकालाई उधारोमा २ पान्डा दिँदै


     नेपालय न्युज,     
     फागुन १० गते २०८०


क्यालिफोर्निया । चीनले अमेरिकालाई २ ओटा पान्डा उधारोमा दिँदै । दुई दशकपछि पहिलोपटक चीनले क्यालिफोर्नियास्थित सान डियगो शहरको एक चिडियाखानाका लागि ती दुई पान्डा पठाउन लागेको हो । पान्डाहरू कहिले आइपुग्छन् भन्ने आधिकारिक समय भने निश्चित भैसकेको बताइएको छ ।

तर निकट भविष्यमै पान्डा पाइने आशामा आफूहरू रहेको सान डिएगो वाइल्डलाइफ एलायन्सले भनेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले अमेरिकाका लागि नयाँ पान्डाहरू पठाउने सङ्केत गरेको केही महिनापछि यो खबर बाहिर आएको हो । चीन र अमेरिकाबिच मित्रताको दूतको रूपमा पान्डाहरू पठाइने राष्ट्रपति सीको भनाई थियो । पान्डा संरक्षणको मामिलामा अमेरिकासँग सहकार्य जारी राख्न चीन तयार रहेको उनले बताएका थिए ।

‘पान्डा कूटनीति’ अन्तर्गत चीनले २० भन्दा धेरै देशहरूलाई उधारोमा पान्डाहरू दिने गरेको छ । सिले जर्मनी, नेदरल्यान्ड, डेनमार्क र फिनल्यान्ड जस्ता युरोपेली देशहरूलाई पान्डा पठाउने योजनालाई अनुमोदन गरेका थिए । सोही क्रममा सन् २०२२ मा पहिलोपटक मध्यपूर्वस्थित कतारमा एक जोडी पान्डा पठाइएको थियो । पान्डालाई संकटापन्ना जीवको सूचीमा राखिएको छ । विश्वभर अहिले २ हजारभन्दा कम पान्डा छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com