फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा

-


     नेपालय न्युज    
     फागुन ६ गते २०८०


पोखरा ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १६ अौ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घघाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उप प्रमुख मन्जुदेवी गुरूङले
पोखरा महानगरपालिकामा देखिएको कर वृद्वि सम्वन्धी
समस्यालाई सम्वोधन हुने किसिमले राजश्व परामर्श समितिे दिएको सुझावलाई मुख्य आधार लिएर महानगरपालिकाल संशोधन गर्ने सकारात्मक रहेको बताउदै जनतालाई असर पर्ने कामहरू संसोधन हुनुपर्ने बताईन ।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा न ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले जन प्रतिनिधि भएपछि सवैको साझा व्यक्ती हुनुपर्ने बताउदै अहिेले पोखरामा देखिएको सम्पति कर,तथा मालपोत कर देखि अन्य करको बृद्वि समस्याको बारेमा पोखरा महानगर पालिका ,आर्थिक ऎन पहिलो संसोधन -२०८० बिशेष समितिमा रहेर आफुले व्यवसायी लगाएत सम्पुर्ण जनतालाई कर वृद्विले दिर्घकालिन असर पर्ने सक्ने भएको कारणले यस बारेमा महानगरपालिका प्रमुखलाई सुझाव दिएको बताउदै कर बृद्विको बारेमा व्यवसायीका सघ संगठन नै नबोलेको बताए । अध्यक्ष पराजुलीले पुजीका आधारमा कर वृद्वि हुनुपर्ने बताए । कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष एकनारायण पनेरूले फेन्सी व्यवसायीले विभिन्न रचानात्मक कामहरू गरेको बताउदै सगठनलाई मजवुद बनाउन सके व्यवसायीहरू पनि मजवुद हुने बताए ।
कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका पुर्व अध्यक्ष तथा सल्लाहकारहरू केशव बहादुर खत्री,मिनराज काफ्ले,प्रदिप कुमार मुल्मी,निर्वतमान अध्यक्ष राजु पौडेल पोखरा उधोग वाणिज्य संघका महासचिव बलराम आचार्य थोक व्यवसायी संघका अध्यक्ष टिकाराम सुवेदी संघका पुर्व उपाध्यक्ष पवित्रमणि पोखरेल लगाएतले बोेलेका थिए ।
कार्यक्रममा प्लस टुमा उत्कृष्ट अक ल्याउने तथा पुराना व्यवसायी र कार्यसमितिमा रहेर काम गरेका पुर्व पदाधिकारी तथा सदस्हरूलाई सम्मान गरिएको थियो ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष एकनारायण पनेरूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन संघ प्रथम उपाध्यक्ष यादव प्रसाद पोख्रेलले गरेका थिए भने कार्यक्रम संचालन महासचिव नारायणी दवाडीले गरेकी थिइन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com