अमेरिकामा ‘वन्डर म्यान’ को सेटमा दुर्घटना, एक क्रु मेम्बरको मृत्यु

-


     नेपालय न्युज    
     माघ २४ गते २०८०


लस एञ्जलस । अमेरिकामा मार्बल स्टुडियोको सिरिज ‘वन्डर म्यान’ को सेटमा दुर्घटना हुँदा एक क्रु मेम्बरको ज्यान गएको छ । यो घटना मंगलबारको हो ।

उक्त दिन बिहान स्टुडियो सिटीको सीबीएस रेडफोर्ड स्टुडियोमा छतबाट खसेर एक पुरुषको मृत्यु भएको भन्दै सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । मृत्यु हुने क्रु मेम्बर क्यालिफोनिर्याको टेम्पल सहरका युआन कार्लोस ओसोरिओ भएको बताइएको छ ।

मारपिटको एउटा दृश्य सुटिङको तयारी गर्ने क्रममा युआन र्याफ्टबाट झरेका थिए । सुरुवाती अनुसन्धानमा मृत्यु विशुद्ध दुघर्टना जस्तो देखिएको र यसमा कसैले छलकपट गरेको नभेटिएको लस एञ्जलस प्रहरी विभागका प्रवक्ताले बताएका छन् ।

मार्बलका प्रवक्ताले घटनाबारे एक विज्ञप्तिमा जारी गर्दै मृतकको परिवार र आफन्तलाई समवेदना दिएका थिए । यो घटनाबारे हुने अनुसन्धानमा पनि सघाउने उनले बताएका थिए ।

गतवर्ष हलिउड लेखक तथा कलाकारहरूको महिनौँ लामो विरोध प्रदर्शनका कारण याह्या अब्दुल मतिन द्वितीयको शीर्ष भूमिका रहेको ‘वन्डर म्यान’को छायाङ्कन पछाडि सरेको थियो । सिरिज आगामी महिना रिलिज गरिने तयारी भइरहेको छ ।

तर यसको प्रिमियर डेट भने सार्वजनिक गरिएको छैन । यसअघि पनि हलिउडमा फिल्म सुटको बेलामा पट–पटक यस्ता दुघर्टना र मृत्युका घटना भएका छन् । सन् २०२१ मा चलचित्र ‘रस्ट’ को सुटिङका क्रममा गोली लागेर सिनेमे टोग्राफर हलिना हचिन्सको मृत्यु भएको थियो ।

यसै क्रममा सन् २०१४ मा ‘मिडनाइट राइडर’ सुटिङको बेलामा सारा जोन्सले ज्यान गुमाएकी थिइन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com