लिभरपुललाई आर्सनलको झट्का

-


     नेपालय न्युज    
     माघ २२ गते २०८०


काठमाडौँ । इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुललाई अर्को बलियो टोली आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले शीर्ष टोली लिभरपुललाई ३–१ गोलले हरायो ।

आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टिनेली र लेआन्द्रो ट्रोसार्डले गोल गर्नुभयो । लिभरपुलले आर्सनलबाट आत्मघाती गोल उपहार पाएको थियो । बल बचाउने क्रममा आर्सनलका गाब्रियल मागाल्चाइले आफ्नै पोस्टमा गोल गर्नुभएको थियो ।

हारसँगै लिभरपुलले शीर्ष स्थानमा अङ्क दूरी बढाउने अवसर गुमायो । हारेपनि २३ खेलबाट ५१ अङ्क बनाएको लिभरपुल शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट ४९ अङ्क बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४६ अङ्क छ । यस्तै अर्को खेलमा चेल्सी उल्भ्ससँग ४–२ गोलले पराजित भयो भने म्यानचेस्टर युनाइटेडले वेष्ट हाम युनाइटेडलाई ३–० गोलले स्तब्ध बनायो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com