सोंथर बेँसी मेला सफल पार्न पोखरामा अन्तरक्रिया तथा छलफल

-


     नेपालय न्युज    
     माघ १८ गते २०८०


पोखरा ।

कास्कीको मादी गाउँपालिका वडा नं. ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ र २ गते हुन गइरहेको दोस्रो संस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेला लाई सफल पार्न पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।

मेला आयोजक सोंथर बेँसी विकास समितिले सो कार्यक्रम राखेर पोखरामा रहेका आफ्न शुभचिन्तक एवम् शुभेच्छुकहरुलाई मेलाको हालसम्मको तयारी बारे सबै जानकारी दिएको थियो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा नागीधार, पाखुरीकोट , भाचोक लगायत सो आसपास गाउँठाउँहरु बाट पोखरा आइ बसोबास गरेका सामाजिक अगुवाहरुको सहभागी रहेको मेला प्रचार उपसमितिका संयोजक रमा क्षेत्रीले जानकारी दिनुभयो ।

मादी १० भाचोकका वडा अध्यक्ष कृस्न बहादुर गुरुङ, भाचोककै सामाजिक अगुवा आसपुर गुरुङ, पुर्व शिक्षक गम बहादुर गुरुङ, नागीधारका पुर्व प्र अ एवम् सामाजिक अगुवा डम्बर जंग गुरुङ, चेत बहादुर गुरुङ, राम बहादुर गुरुङ, राजकुमार गुरुङ, सुवेदार कुशल सिंङ गुरुङ, बिमल गुरुङ, पाखुरीकोटका केश बहादुर गुरुङ, मकैंखोलाका बद्रीराज पौडेल लगायतले आ आफ्ना धारणा हरु राख्दै महत्वपुर्ण सुहावहरु दिनुभएको थियो ।

मेलालाई सफल पार्न सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने र मेलामा सहभागी हुन सोंथर बेँसी जाने प्रतिवद्दता समेत गर्नुभएको छ ।
३५ वर्स अघि त्यस भेककै निकै प्रख्यात रहेको सो सोंथर बेँसी टारी बजार मेला विविध कारण स्थगित भएपछि गत २०७९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा सोंथर बेँसी विकास समिति नामक सामाजिक संस्था दर्ता गराइ सो समितिले पहिलेको मेलालाई थप परिस्कृत गर्दै पुन शुरुवात गरेको हो ।

गत सालबाट पुन शुरुवात गरिएको सो मेलालाई जीवान्त बनाइराख्न सोंथर बेँसी विकास समितिका अध्यक्ष एवम् मेला संयोजक ओम प्रकाश गुरुङले मेला सन्चालन पोखरा सरोकार समिति गठन गर्नुपर्ने प्रस्ताव समेत गर्नुभएको थियो । गाउँमा हाल बस्ती, मान्छे कम हुँदै गएका कारण आफुले सो प्रस्ताव राखेको गुरुङले बताउनुभयो ।
पहिले पहिले गाउँगाउँमा हुने गरेका प्रायः ।मेला महोत्सबहरु हाल गाउँबाट मान्छे बजार बसाइ सराइ भएका कारण लोपन्मुख अवस्थमा पुगेका छन् । धेरै गाउँठाउँहरुमा लोप नै भइसकेको छ । सोंथर बेँसी मेलालाई पनि सो अवस्थाबाट जोगाउन उक्त प्रस्ताव गरिएको हो । मेला सम्पन्न लगतै समीक्षा बैठकमा मेला सरोकार समिति पोखरा गठन गरिने उक्त भेलाले निर्णय समेत गरेको छ ।

उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रमको सहजीकरण समितिका सचिव डील्लीराज गिरी, उपाध्यक्ष दिर्गमान गुरुङ, आस बहादुर गुरुङ, कार्यकारी सदस्य इन्द्र गिरी, आस बहादुर थापा लगायतले गर्नुभएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com