मानहानि मुद्दामा ट्रम्पले ८.३३ करोड डलर तिर्नुपर्ने

-


     नेपालय न्युज    
     माघ १३ गते २०८०


वासिङ्टन । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश गरेको छ। उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो।

यस मानहानि मुद्दामा फैसला सुनाउँदै न्यायाधीशहरुले क्यारोललाई भावनात्मक रूपमा चोट पुगेको र उनको प्रतिष्ठामा चोट पुर्‍याएकोमा ट्रम्पले १.८३ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएको छ। यसबाहेक ६.५० करोड डलर जरिवाना तिर्नुपर्नेछ ।

निर्णय पछि क्यारोलले यो महिलालाई अपमानित गर्ने प्रयास गर्ने प्रत्येकका लागि ठुलो हार भएको बताइन् । उता ट्रम्पले यो निर्णयलाई ‘बिलकुलै हास्यास्पद’ भनेका छन् ।

शुक्रबार सुनुवाइका क्रममा ट्रम्प अदालतमा उपस्थित थिए तर फैसला सुनाउँदा उनी त्यहाँ थिएनन् । यो केस २०१९ मा क्यारोलको बारेमा ट्रम्पको टिप्पणीसँग सम्बन्धित थियो। उनले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com