राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन

-


     नेपालय न्युज    
     माघ ८ गते २०८०


फ्लोरिडा । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आईतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका हुन् ।

डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै आफूसँग विजयको स्पष्ट बाटो नरहेको उनले बताए । बहुसङ्ख्यक रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको उनको भनाई थियो । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् । उनले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको दाबी समेत गरे । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com