मोन्सेन्टोले ८५ करोड डलर जरिवाना तिर्नुपर्ने

-


     नेपालय न्युज    
     पौष ३ गते २०८०


वासिङ्टन । रसायन उत्पादन गर्ने कम्पनी मोन्सेन्टोले विद्यालयको लाइट फिटिङबाट केमिकल चुहिएर प्रभावित भएकालाई ८५ करोड डलर तिर्नुपर्ने भएको छ । वाशिंगटनको स्काई भ्याली एजुकेशन सेन्टरका सात विद्यार्थी र उनीहरूका अभिभावकहरूले कम्पनीको पोलिक्लोरिनेटेड बाइफेनाइलहरू – वा पीसीबी रसायनहरू – न्यूरोलोजिकल र इन्डोक्राइन विकारहरू निम्त्याएको आरोप लगाएका थिए ।

मोन्सेन्टो जर्मन कम्पनी बायरको स्वामित्वमा रहेको कम्पनीले सिएटल निर्णायकको यो निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ । मोन्सान्टोको एक विज्ञप्तिले जरिवानालाई ‘संवैधानिक रूपमा अत्यधिक’ भनेको छ र कम्पनीले निर्णयविरुद्ध अपिल गर्ने बताएको छ।

पीसीबी रसायनहरू विद्युतीय उपकरणहरू इन्सुलेट गर्न व्यापक रूपमा प्रयोग गरिन्थ्यो । अमेरिकी सरकारले सन् १९७९ मा यो रसायनलाई गैरकानुनी घोषणा गरेको थियो किनभने यसले क्यान्सर निम्त्याउन सक्छ। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com