न्युयोर्कको सिटी हल च्याम्बर्समा वक्ताको रूपमा भाषण गर्ने पहिलो नेपाली अमेरिकी बने घिमिरे


     नेपालय न्युज,     
     मंसिर १ गते २०८०


न्युयोर्क शहरको सिटी हलमा पहिलो दीपावली कार्यक्रमको आयोजना न्युयोर्क सिटी काउन्सिलकी अध्यक्ष एड्रिएन एडम्सले गर्नु भएको थियो भने सिटी काउन्सील मेम्बर शेखर कृष्णनको प्रमुख सक्रियतामा वॅंहाले आफै संचालन गर्नु भएको यस कार्यक्रममा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे न्युयोर्कको सिटी हल च्याम्बर्समा पहिलो दीपावली कार्यक्रममा वक्ताको रूपमा भाषण गर्ने पहिलो नेपाली अमेरिकी बने। अध्यक्ष घिमिरेले आजको दीपावली उत्सव यस वर्ष विशेष गरी रमाइलो र ऐतिहासिक छ भने किनभने यो पर्व अब सन २०२४ बाट दिपावलीका लागी १ दिन आधिकारिक रुपमा न्यु योर्क शहरका सबै सार्वजनिक विद्यालय बिदा हुनेछ। न्यु योर्क राज्यको अल्बानीमा यो विधेयक पारित गर्नका लागी समर्थन गर्ने हाम्रा सबै निर्वाचित अधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु, घिमिरेले भने।

ऐतिहासिक कानूनमा हस्ताक्षर गर्नुहुने गभर्नर माननीय क्याथी होलचुललाई ह्रदय वाट नमन, मेयर माननीय एरिक एडम्सको प्रतिबद्धता र दक्षिण एसियाली समुदाय प्रति निरन्तर सहयोगको लागि धन्यवाद र यस महत्त्वपूर्ण विधेयकको नेतृत्व गर्ने सभासद माननीय जेनिफर राजकुमारलाई विशेष विशेष धन्यवाद।

अब सन २०२४ को दिपावली हाम्रा बाल-बच्चाहरू आफ्ना परिवारका सदस्यहरूसँग दीपावली मनाउन पाउँदा खुसी हुनेछन।यो दक्षिण एसियाली समुदायका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो। यस सिटी हल च्याम्बर्समा दीपावली मनाउने मौंका पहिलो पटक दिनु भएकोमा सिटी काउन्सिलका अध्यक्ष एड्रिएन एडम्सलाई धेरै धेरै धन्यवाद र यो हामी सबैका लागि ऐतिहासिक र गर्वको क्षण हो।

अन्तमा काउन्सिल मेम्बर लिन्डा ली लाई दिवाली बिल को सह-प्रायोजित गर्दै महान कार्य को लागी धेरै धन्यवाद र हाम्रो नेता काउन्सिल मेम्बर शेखर कृष्णनको नेतृत्व र दक्षिण एसियाली समुदायहरु माझ अल्पसंख्यक नेपाली समुदायहरु लाई अटुट समर्थन गर्दै हाम्रो समस्याहरुको समाधानको पहल र हामीलाई उत्थान गर्ने नेता शेखर कृष्णन लाई ह्रदय देखि धन्यवाद दिन चाहन्छु।

हामीलाई सल्लाह र सहयोग गर्ने मेयरको कार्यालयबाट अन्तर्राष्ट्रिय मामिलाका उपायुक्त दिलीप चौहान र दक्षिण एशियाली सामुदायिक मामिला इकाई मेयरको कार्यालयकी सुक्रानी दानपथलाई नेपाली अमेरिकन समुदायप्रतिको माया र समर्थनको लागि नेपाली अमेरिकनको तर्फबाट धन्यवाद ।

आजको यस ऐतिहासिक कार्यक्रममा सिटी काउन्सिल मेम्बरहरु क्रमश: अमान्डा फारियास, लिन शुलम्यान, जेम्स एफ जेनारो, शाहाना हनिफ, लिन्डा ली, डेमोक्र्याटिक पार्टीका जिल्ला नेता द्वय रिचार्ड डेभिड, निता जैन लगायत घर्म गुरुहरु, बिभिन्न समुदायका नेतागणहरु र सदस्यहरुको बाक्लो उपस्थीती रहेको थियो।

WP2Social Auto Publish Powered By : XYZScripts.com