
न्यूयोर्क,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आथित्यमा “नेपालको आजको अवस्था र अबको बाटो” बिषयक वृहत् अन्तरक्रिया कार्यक्रम नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनमा सम्पन्न भएको छ ।
प्रमुख अथितिको रूपमा बोल्दै महामन्त्री एवंम सांसद विश्वप्रकाश शर्माले बिदेशमा रहेका नेपालीलाई `नेपाल फर्क´ भन्ने अवस्था तत्काल नरहेको र यदी कसैले भने त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै भएको कुरा बताए l जनसंख्याको बिस्फोटक आकार व्यवस्थापन गर्न, देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यात्मक स्थिति भएको कुरा बताउदै, महामन्त्री शर्माले, अहिलेको प्राथमिकता जलविद्युत उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि नै भएको कुरा सुनाए । व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन´ नेपालमा आजको आवश्यकता भएको कुरा बताउदै, महामन्त्री विश्वप्रकाश शर्माले देशमा लगानी गर्न गैह्र आवासीय नागरिकताको उपयोग वृहत्तर रूपमा गर्न जरुरी भएको कुरा प्रवासी नेपालीलाई सुनाए ।
अमेरिकाको न्युयोर्कमा सर्वपक्षीय रुपले सम्पन्न भएको उक्त कार्यक्रममा नेपालका प्राय सबै मुख्य राजनैतिक दलहरूसँग निकट प्रवासी संगठनहरुको अमेरिकी नेतृत्व, विभिन्न जातीय र धार्मिक संघसंस्था तथा न्युयोर्कमा रहेका नेपालीहरुको भव्य सहभागिता रहेको थियो l कार्यक्रममा वर्तमान नेपालको राजनैतिक, आर्थिक, सामाजिक लगायतका विविध विषयहरुमा केन्द्रीत रहेर छलफल र अन्तरक्रिया भएको थियो l नेपालको समृद्धिमा नेपाली डायस्पोराको भुमिकालाई अझ विस्तारित र स्थापित गर्नुपर्ने बिषयमा कार्यक्रममा जोड दिइएको थियो l
उक्ता कार्यक्रममा आफ्ना धारणा राख्नुहुने बक्ताहरूमा –
सोसलिस्ट इन्टरनेशनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष , एवम नेजसका पुर्व संयोजक खगेन्द्र जिसि,एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल , डिआरसी संजिव श्रेष्ठ प्रवासी नेपाली एकता मन्च -अन्तराष्ट्रिय कमिटिका सचिवालय सदस्य टेक गुरूङ, प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने , आदिवासी जनजाती महासंघ अमेरिकाका महासचिव टोमा लामा लगायतले राखेका थिए ।
न्यूयोर्कमा भएको उक्त कार्यक्रमको उद्घोषण नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले गरेका थिए भने अध्यक्षता सभापति आनन्द बिष्टले गरेका थिए ।