गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित

-


     नेपालय न्युज    
     कार्तिक १३ गते २०८०


मानवीय पुरस्कार ग्लोबल-घानाले परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको हो जसको कार्यहरूले समाजमा सकारात्मक प्रभाव पारेको छ।

हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवीय पाठ्यक्रमलाई प्रभाव पार्न र च्याम्पियन बनाउन सक्रिय समर्पित दूतावासहरू र असाधारण व्यक्तिहरूलाई मानार्थ पुरस्कार प्रदान गर्न खडा भएका छौं। मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमीरेको नेतृत्वमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले बिषेश गरी कोरोना कहरका बेला, तपाईंको नि:स्वार्थ समर्पण र प्रेरणाको कारण, धेरै क्षेत्रहरूको र समुदायहरुको समर्थनमा, मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईंलाई तपाईंको उपलब्धिहरूको लागि तपाईलई “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित प्रदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ।

तपाईले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ, भन्नु भयो। हाम्रो यस अनुरोधलाई विचार गर्दै स्वीकार गरिदिनु भएकोमा हामी आभारी छौ र तपाईलाई घानामा स्वागत र सम्मान गर्न पाउॅंदा निकै हर्षित भएका छौं। मानवीय पुरस्कार ग्लोबल-घानाले प्रतेक वर्ष विश्व भरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर यो पुरस्कार दिईन्छ। यस बर्ष, २०२३ मा विश्वभरि बाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको थियो। अक्रा, घानामा संचारकर्मीहरु सॅंग कुराकानी गर्दै सोमनाथ घिमीरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउॅंदा गौरव लागेको र मेरो जीवनकालको उपलब्धि, “रूपान्तरण नेतृत्व पुरस्कार” प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरु बिच पुलको निर्माण हुनेछ र यी देशहरु बिच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको छ भन्नुभयो र वॅंहाले अब छिट्टै घाना, नाईजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन स्थापना के कसरी गर्ने भन्ने बारे ति देशका सम्मानित व्यक्तीहरु सॅंग बिषेश छलफल भएको बारे जानकारी गराउॅंनु भयो। गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई महामहिम महेर खीर – घानाका लागि लेबनानका राजदूतले “रूपान्तरण नेतृत्व पुरस्कार”ले सम्मान गर्नु भएको थियो भने अध्यक्ष घिमीरे २०२३को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकन हुन र स्मरण रहोस सोमनाथ घिमीरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार हुन। अन्त्यमा मानवीय पुरस्कार ग्लोबलकी आयोजक विसडम डोर्डोले अध्यक्ष घिमीरेले समाजमा नेतृत्व गर्दै रूपान्तरण ल्याउॅंन सफल भएको र तपाईले गरेका कार्यहरुको विभिन्न अफ्रिकन मिडिया, पत्र पत्रिका र सामाजिक सञ्जालहरु मार्फत हामी प्रकाशन गर्नेछौं र तपाईको संस्था सॅंग साझेदारी गर्न हामी तत्पर छौं भन्नुभयो।

WP2Social Auto Publish Powered By : XYZScripts.com